एजेन्सी ।
रियल मेड्रिड स्पेनिस ला लिगाको इतिहासमा ५ हजार अंक जोड्ने पहिलो टोली बनेको छ। सबैभन्दा धेरै घरेलु लिग जितेको रियल अब स्पेनिस ला लिगाको इतिहासमै सबैभन्दा धेरै ५ हजार अंक जोड्ने पहिलो क्लब बनेको हो। रियलले सबैभन्दा धेरै ३६ पटक ला लिगाको उपाधि जितेको छ।
उक्त खेलमा भ्यालेन्सियालाई हराउँदै तीन अंक जोडेपछि रियलले ला लिगामा हालसम्म जोडेको कूल अंक ५ हजार पुगेको हो। ला लिगाको अर्का बलियो प्रतिद्वन्द्वी बार्सिलोनाभन्दा रियलले ला लिगामा चाँडै ५ हजार अंकको कोशेढुंगा पूरा गर्न सफल भएको छ।
ला लिगामा ५ हजार अंक पूरा गर्दा रियलले अहिलेसम्म कुल ६ हजार ५ सय २६ गोल गरेको छ। रियलले ५ हजार अंकको कोशेढुंगो छोइसक्दा बार्सिलोनापछि तेस्रो स्थानको एट्लेटिको मेड्रिडले हालसम्म कुल ४ हजार १८ अंक जोडेको छ। त्यसपछि एथ्लेटिक बिल्बाओले ३ हजार ७ सय ७१ र भ्यालेन्सियाले ३ हजार ७ सय ६७ अंक जाडेको छ।

