दिपक योगी – काठमाडौं
आज प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति काठमाडौंको चौथो अधिवेशन- सिलौटो कटेज रेस्टुरेन्ट अनामनगरमा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति काठमाडौंको चौथो अधिवेशनले १७ जनाकाे नयाँ कार्यसमिति चयन गरेको छ।कार्यसमितिमा देहायवमाेजिमका नवनिर्वाचित कार्यसमितिहरु रहेका छन्।
अध्यक्ष:राममणि घिमिरे
उपाध्यक्ष :रमेश लामिछाने (खुल्ला)
उपाध्यक्ष :मनिका खतिवडा (महिला)
काेषाध्यक्ष:मदन नगरकाेटी
सचिव:सन्ताेष प्रसाद तिवारी
सह-सचिव:हिराेज लाेप्चन
सह- सचिव :अनिशा निराैला(महिला)
सदस्यहरू -:
दिपक याेगी , दिलिप गुरुङ ,अर्जुन गाैतम, मञ्जु घिमिरे,अंक ध्वज परियार ,सुर्य ब.लामा, दिलिप न्याैपाने,सुनिता तिमिल्सिना,ऋग्ग देवकोटा, शैलेश डंगाेल,सुदिप भट्ट सहितको नयाँ समिति गठन गरी पुरानाे कार्यसमिति भंग गर्दै नयाँ कार्य समिति गठन गरिएको हाे।
कार्यक्रममा राष्ट्रिय गीत गाएर सहिद पत्रकार कृष्णसेन इच्छुक र गोबिन्द शर्मा ज्युको फोटोमा टीका र खादा ,माला लगाई सम्मान गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि सुर्य सुवेदी प्रथिक ज्यु लाई मायाको चिनोले संमान गरिएको छ ।प्रेस सेन्टर नेपालमा अध्यक्ष बिष्णुप्रसाद साप्कोटा ( जुगल ) ज्युले सम्पुर्ण सम्मानित कमरेडहरुलाई धन्यवाद दिनुभएको छ । साथै हाम्रा समस्यालाई नबिर्सी काम गर्नुपर्ने बताउनुभयो । अझै धेरै काम गर्न बाकी रहेको जानकारी गराउनुभयो । हामीले पार्टीको र नेताको पछ्यमा के गरेउ ,के गरेनौं भनी समिक्षा गर्नुपर्ने लगायतका थुप्रै जिज्ञासा्लाई उठाउनुभएको छ। रामकृष्ण अधिकारी केन्द्रिय कोषअध्यक्ष र केन्द्रिय सदस्य सुर्य सुवेदी , रिता बुढाथोकी , एसैगरी उपत्यका प्रदेशमा भक्तपुर साखा र ललितपुर साखबाट निर्वाचित सम्पुर्ण टिमलाई सम्मान गरिएको छ ।
प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश इन्चार्ज निर्मल ज्ञावालीले हिजोका कमरेडहरुले स्थापित गरेको यो संरचनालाई हामीले अगाडि बढाउने लगायत धेरै कुराहरु पूरा गर्नेछौँ भनी प्रतिबद्धता व्यक्त गर्नुभएको छ । एसैगरी प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिका अध्यक्ष प्रतीक इच्छुक ज्युले कर्णाली प्रदेश लगायत सम्पुर्ण प्रदेश र काठमाडौंमा एकजुट भएर काम गर्ने बताउनुभयो । प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल ज्युले हाम्रो संगठनको बिधान अनुसार काम गर्ने माओवादी पार्टी अध्यक्ष प्रचण्ड लगायत सिङ्गो माओवादी पार्टीलाई धन्यवाद दिनुभएको छ । प्रेस सेन्टर नेपाल केन्द्रिय अध्यक्ष संजय लामा ज्युले काठमाडौंको पार्टी निर्माणकार्यमा पत्रकारबाटै सुरु गर्ने बताउनुभएको छ । यसैगरी सम्पुर्ण अतिथिहरुले आफ्नो मन्तव्य राखेर कार्यक्रमलाई भब्य सब्य बनाउनुभएको छ !

