फागुन १ ,,भिमाद नगरपालिका वडा नम्बर ६ मा अवस्थित धर्म माध्यमिक विद्यालय परिसरमा धर्मराज अर्यालको सालिक स्थापना गरी अनावरण गरिएको छ। २०५० साल फागुन १ गते धर्मराज अर्यालका सन्तति मध्यका जेष्ठ सुपुत्र डोलराज अर्यालको सक्रियतामा आफ्ना बुबा धर्मराज अर्यालको नाममा विद्यालय रहने गर्ने गरी सो जमिन प्रदान गरिएको थियो। हाल विद्यालयको पठनपाठन राम्रो रहेको तथा विद्यालय परिसरमा स्वर्गीय धर्मराज अर्यालको सालिक स्थापना गर्नको लागि उहाँको परिवारजनले गरेको आग्रहलाई विद्यालय परिवार पूर्व प्र कृष्णराज भण्डारी लगायत व्यवस्थापन समितिका पदाधिकारी ज्यूहरूले सहमत गरी वडा नम्बर ६ का वडा अध्यक्ष श्याम जोशी समेतको माइ नेट ले पारित गरिएको कार्यक्रम हो। २०८१ साल फागुन १ गते स्वर्गीय धर्मराज अर्यालको अर्ध कदको शालिक अनावरण भएको छ।
शिक्षा क्षेत्रमा निरन्तर लागिरहेको अर्याल परिवारले जीवन र जगतको ज्ञान शिक्षाबाट नै रहन्छ। शिक्षाको माध्यमबाट समाज रूपान्तरण हुन्छ। भन्ने योजनाका साथ शिक्षा क्षेत्रमा निरन्तरता दिइरहेको छ। चाहे त्यो जय नेपाल निमावि स्थापना कालमा होस् चाहे त्यो धर्म माध्यमिक विद्यालय स्थापना कालमा होस् धर्मराज अर्यालका सन्तति मध्यका जेष्ठ सुपुत्र डोलराज अर्यालको नेतृत्वमा उहाँका भाइ छोरा भतिजहरूको लगाब हो | धर्म मावि व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज भण्डारीको अध्यक्षतामाऔपचारिक कार्यक्रम सञ्चालन भएको थियो। भिमाद नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्याम जोशी को प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो | प्रमुख अतिथिको मन्तव्यमा जोशीले अर्याल परिवारले शिक्षा क्षेत्रमा गरेको योगदान तथा विद्यालय स्थापना गर्नको लागि जमिन उपलब्ध गराई अर्याल परिवारले परोपकारी काम गर्नुभएको मन्तव्य राख्नुभयो |
जग्गा दाताको अर्धकदको शालिक विद्यालय परिसरमा अनावरण कार्यक्रम सम्पन्न
जग्गा दाताको अर्धकदको शालिक विद्यालय परिसरमा अनावरण कार्यक्रम सम्पन्न राख्नेहरूमा खिमकान्त पराजुली इन्दिरा खनाल प्र अ त्रिलोचन सुवेदी जग्गादाताको तर्फबाट विश्वराज अर्याल ,मणिराज आलेले शालिक अनावरण कार्यक्रमको शुभकामना मन्तव्य राख्नुभएको थियो। सो कार्यक्रम विद्यालयका शिक्षक रमेश भट्टराईले सहजीकरण गर्नुभएको थियो। जग्गादाता परिवारको तर्फबाट धर्मराज अर्यालको बुहारी हरिमाया अर्याल, नातिहरू कमलचन्द्र अर्याल ,वेदनिधि अर्याल, हरिराज अर्याल र विश्वराज अर्यालको उपस्थिति रहेको थियो ।

