काठमाडौं । प्रगतिशील लेखक सङ्घ, नेपाल भक्तपुर शाखाको छैटौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । जन आदर्श क्याम्पस ठिमीमा प्रलेसका बरिष्ठ उपाध्यक्ष समीर सिंहको प्रमुख आतिथ्यमा फागुन १० गते शनिबार सम्मेलन सम्पन्न भएको हो ।
उपाध्यक्ष नमुना शर्माको विशिष्ट आतिथ्यता एवम् बागमती प्रदेश समितिका अध्यक्ष डा. हरिप्रसाद सिलवालसमेतको आतिथ्यता रहेको सम्मेलनले छन्दविज्ञान निरौलाको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको छ ।

सम्मेलनले समितिको उपाध्यक्षमा बुद्धिकुमार श्रेष्ठ, सचिवमा सुरेश हाचेकाली, सहसचिवमा लक्ष्मी मिश्र, कोषाध्यक्षमा अप्सरा पोखरेल एवम् सदस्यमा ईश्वरीप्रसाद शर्मा, कमल मिश्र र सुशीला ढकाललाई चयन गरेको छ ।
कार्यक्रममा प्रलेसका सचिवालय सदस्य एवम् वागमति प्रदेश उपाध्यक्ष बैरागी जेठा, साहित्यकार डा बालचन्द्र मिश्र एवम् राममणि ढुंगेलको समेत सहभागिता रहेको थियो ।

