काठमाडाैं –
विगत १८ बर्ष देखिको अनुभव भएकी तिमिल्सिनाले काठमाडौको म्यहिपी पुल सङ्गै मित्रनगर नयाँ बसपार्कमा आफ्नो तेश्रो शाखाको रुपमा काठमाडौं फेसियल हाउस एण्ड एस्थेटिक सोलुशनस आज बाट सञ्चालनमा ल्याएकी छिन्। दुबई र इन्डियाबाट स्किन केयरको तालिम सम्पन्न गरेर आएकी उनले आफ्नो अनुभव सहित यस शाखामा छाला सम्बन्धि कार्यहरू, हेयर कटिङ्ग, हेयर स्टाईल , केराटिन , मेकअप , मेहंदी, नैल आर्ट साथै स्किन एनलाइजर बाट स्किन टेस्ट गरी बिभिन्न स्किन केयर एण्ड कस्मेटिक सर्जरी जस्ता कामहरू हुने तिमिल्सिनाले बताईन्।
हिँजो आज महिला दिदि बहिनि र दाजुभाई हरूको आवस्यकताको रुपमा रहेको सुन्दरता बन्ने रहर र बढ्दै गएको खानपान तथा जीवन शैलीको उतार चढाव अनुसार आउने मागलाई मध्यनजर राख्दै यो ब्युटी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टर खोलिएको उनले जानकारी गराएकी छिन्।
तिमिल्सिनाको छौरी रेसिग्ना बस्यालको हात बाट रिबन काटेर आज बाट विधिवत् रूपमा उदघाटन गरेको विशेष अतिथि अनिता पाैडेलले बताईन्। उदघाटन कार्यक्रममा विभिन्न मोडेल, महिला दिदि बहिनि र दाजुभाई हरूको उपस्थिति रहेको थियो।

