काठमाण्डौं। मलेसियामा हुने एसीसी मेन्स यू–१६ इस्ट जोन कपका लागि नेपाली टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार विपीनप्रसाद शर्माको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
प्रतियोगिता असार ८ देखि २१ गतेसम्म मलेसियामा हुने क्यानले बताएको छ।
मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपालसहित १० टोलीको सहभागिता जनाउने छन् भने सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ‘ए’ मा रहेको नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन्। त्यस्तै, समूह ‘बी’ मा आयोजक राष्ट्र मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड तथा म्यानमार रहेका छन् ।
नेपालले यही असार ८ गते सिंगापुरसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ।
यस्तो छ नेपाली टोली
नेपाली टोलीको नेतृत्व विपीनप्रसाद शर्माले गर्नेछन् । सुर्याशु कोइराला उपकप्तान रहेका छन् ।
अन्य खेलाडीहरूमा शिवान्श बजगाईं, रौनक श्रीवास्तव, परिमर्जन यादव, अभय यादव, सचिन भट्ट, सुगम बुढाथोकी, सुयोग भट्टराई छन् । त्यसैगरी सुसिल रावल, शुभम खनाल, प्रसिद्ध जैशी, जोय थापा र रोशन शाही चौध जना नेपाली टोलीमा छन् ।

