काठमाण्डौ। नुवाकोटको विदुरमा दुई मोटरसाइकल दुर्घटना हुँदा तीनजना घाइते भएका छन्।
पासाङल्हामु मार्गको वट्टार–विदुर सडकखण्डस्थित ब्यारेक खोल्सामा दुई वटा मोटरसाईकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो।
बिदुरबाट बट्टारतर्फ जाँदै गरेको बा प्र ०२०३३ प ९८०१ नं. को मोटरसाइकल र बिपरित दिशाबाट जाँदै गरेको बा ६ प ५८२९ नं. को अर्को मोटरसाइकल एक–आपसमा ठक्कर खाँदा तीन युवक घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

