मध्यपुर थिमि ४ मा गत २०६४ सालदेखि संचालनमा आएकाे शंखधर बचत तथा ऋण सहकारी संस्था लि.सामाजिक उप-समितिकाे आयाेजनामा शनिबार एक बहत आँखा शिविर सम्पन्न भयाे । शिविर सिटी आई केयर सेन्टरकाे प्राविधिक सहयाेगमा भएकाे हाे। कार्यक्रममा परीक्षण गर्न आउने आँखा राेगीहरुलाई नि:शुल्क चस्मा तथा ओैषधि वितरण गरिएको थियाे। आँखा जाँचमा आएका आफ्ना सदस्य तथा अन्य गरी ३६४ जना थिए। आदर्श मा.वि.लायकुमा संचालित उक्त शिविरमा २७ जना माेतिविन्दुका राेगीहरु रहेकाे डाक्टरहरुले टपटेन खबरलाई जानकारी दिए।
स्मरणीय छ शंखधर सहकारीकाे गत वर्षकाे आँखा शिविरमा ३५५जना लाभान्वित भएका थिए। यसैगरी चाडपर्वमा नि:शुल्क खानेपानी वितरण ,खुल्ला रक्तदान,तालिम, सार्वजनिक चाेकमा सरसफाइ र मन्दिरहरुमा दीप प्रज्वलन गर्दै सामाजिक उत्तरदायित्वकाे सेवा गर्दै अब्बल पहिचान दिन सफल शंखधर साकाेसमा ३हजारभन्दा बढी शेयर सदस्य आबध्द छन्।
संस्थाले याे वर्ष ६२ कराेड काराेबार गरेकाे र ३७ कराेड ऋण लगानी भएकाे उक्त अवसरमा अध्यक्ष श्यामकृष्ण श्रेष्ठले जानकारी दिएका छन्।संस्थाका प्रबन्धक राजेन्द्र कुमार कायष्ठले स्टार टपटेन खबरलाई बताए अनुसार शंखधरले महिला उपसमितिकाे आयाेजनामा आगामी शनिबार २१ गते एकदिने हर्बल साबुन बनाउने तालिम दिने कार्यक्रम रहेकाे छ।

