मध्यपुर ठिमी, भक्तपुर
विद्यार्थीको स्वास्थ्यमा चासो दिँदै समयसमयमा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको मध्यपुर ठिमीको अग्रणी विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलले यही २०८२ असार १७ गते दन्त शिविरको आयोजना गर्यो। काठमाडौँ मेडिकल कलेजको प्राविधिक सहयोग तथा रोटरी क्लब अफ मध्यपुर र चिमालय नेपालको संयुक्त आयोजनामा आयोजित उक्त शिविरमा विनायक शिक्षा निकेतनको पूर्व प्राथमिक तहमा अध्ययनरत २०० भन्दा बढी विद्यार्थीहरुले दाँतको परीक्षण गराएका थिए। विद्यालयको नियमित कार्यतालिका अनुसार आयोजित उक्त कार्यक्रममा काठमाडौँ मेडिकल कलेजका डाक्टर र सहयोगीहरूको सक्रियतामा बिहान ११ बजेबाट ३ बजेसम्म सञ्चालन भएको थियो। जहाँ दाँतको समस्या भएका विद्यार्थीहरुलाई आवश्यक परामर्श दिँदै दाँत परीक्षण गराइएको थियो ।अभिभावकहरूको बाक्लो उपस्थितिमा आयोजित उक्त कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले मानवीय सेवा र विद्यार्थीहरूको स्वास्थ्यमा विनायक शिक्षा निकेतन स्थापनादेखि नै लागि परिरहेको र स्वस्थ व्यक्ति हरेक कुरामा अब्बल र तीक्ष्ण हुन्छ भन्ने कुरामा विश्वास राखी विद्यार्थीको स्वास्थ्यका लागि विद्यालयले प्रयत्न गरिरहेको जानकारी गराउनुभयो।
Previous Articleसमाज सेवामा निरन्तर समर्पित वरिष्ठ सौन्दर्यविद चन्दा पुनलाई “लायन्स क्लब अफ काठमाडौं भिजनरी एन्ट्रप्रेनर” को अध्यक्ष पदमा सर्वसम्मत
Next Article जिबजिबेमा भिटोफ-नेपालको २२ औँ धान दिवस सम्पन्न

