हरेकवर्ष श्रावण शुक्ल पूर्णिमाको दिन जनै पूर्णिमालाई श्रावणी भनिन्छ र ऋषिहरुको तर्पन गरिने दिनभएको हँुदा ऋषितर्पणी भनिन्छ ।मूलतः जनै फेर्ने दिनभएकोले जनैपूर्णिमा नाम रहन गएको स्पष्ट छ । यसैदिन जनै लाउनेहरुले जनै फेर्ने दिनभएकोले यस पूर्णिमाको नाम नै जनैपूर्णिमा रहन गएको हो । यस दिनलाई रक्षाबन्धनको नामले पनि चिनिन्छ । शास्त्रको बिधिबमोजिम ब्राम्हणहरुद्वारा स्त्रोत वामन्त्र पढाउन लगाई हातमा रुक्षाबन्धन बाँध्न लगाउने चलन छ । फलतः रक्षाबन्धनलाई परम्परागत रुपमा ब्राह्णहरु डोरो बाँध्ने र दिदीबहिनीहरुले दाजुभाइहरुलाई राखीबाँध्ने पर्वका रुपमामात्रै सीमित नराखी यसले दिनखोजेको व्यापक अर्थलाई जानेर स्वयम्लाई परमात्माले प्रतिपादन गरेका उच्च मूल्यमान्यता, संयम, यम, नियमलाई जीवनमा सहर्ष स्वीकार गरी परिपालनगर्नाले मानिसको वास्तविक रक्षाहुनेछ । यस राखीमा दाजुभाई, दिदीबहिनीहरू बिचको माया, स्नेह र बन्धनको चाडले हामी सबैलाई यस आदिकालिन परम्पराको निरन्तरतालाई युगौं युगसम्म निरन्तर प्रेम, सद्भावको चिनारीको रूपमा अघि बढिरहोस र सबैको रक्षापनिहोस् । त्यस्तै गरी यसरी त्यसैले होला हातमा बाधिने रक्षाबन्धनबाट रोगव्याधि, अनिष्ट र संकट नाश गरी स्वास्थ्यको रक्षागर्दछ भन्ने विश्वास गरिन्छ । यो पर्वमा छुटाउनै नहुने विशेष परिकार भनेको भिजाएर अङ्कुरीत भएका गेंडागुडीबाट बनेको क्वाँटी खाने दिनपनिहो । यस चाडमा दुई-तीनदिन अघिदेखि पानीमाभिजाई राखिएको बिभित्र ९ प्रकारका गेंडागूडिहरु मुंग, मास, भटमास, सानो केराउ, मस्याङ, चना, सिमी, बोडी र बकुल्लो गरी नौ थरिका गेडागुडी मिसाइएको हुन्छ । यसरी मिसाएर तयार पारिएको मिश्रणमा जब टुसा उम्रिन्छ त्यसलाई क्वाँटी भनिन्छ । हरियो टुसा पलाएको गेंडागुडीलाई विशेषगरी झोल तरकारीको रूपमा पकाएर खाने गरिन्छ र यो दिनविशेषको महत्वपूर्ण स्वाद पनि हो । आजको दिन क्वाँटी खाएमा पाचन व्रिmयासंग सम्बन्धित बिभित्र रोगहरु हट्ने जनविश्वास पनिनेपाली समाजमारहिआएको छ ।
कुनै पनि देशले आफ्ना पारम्परिक धार्मिक वा साँस्कृतिक निधिहरुलाई जीवन्तता प्रदान गरिरहेका हुन्छन् । संक्षेपमा भन्नुप
र्दा त्यस देशको साँस्कृतिक गतिविधि नै त्यहाँको सामाजिक प्रतिविम्वहो । यसरी पूर्वजहरुले सामाजिक धरोहरको रुपमा छोडेर गएका विभिन्न पर्वमध्ये जनैपूर्णिमा पनि एक हो । एक पक्षबाट हेर्दा यो केबल तागाधारीको मात्रपर्व हो की भन्ने लाग्छ, परन्तु त्यसो होइन । अतागाधारीले पनि यस दिन रक्षासूत्र बाँध्ने प्रचलन छ । अतः गैर–तागाधारीले वैदिकमन्त्ररहित भई स्नान, दान, ऋषिपूजन आदि गर्नु हुन्छ भन्ने वर्णन भविष्यपुराणमा उल्लेख भएको कुरा हेमाद्रिमा उल्लेख भएको पाइन्छ । यसमा जनै फेर्ने कुरा के छ भने जनै कहिले र कति समयसम्म लगाउनु पर्छ ? भन्ने शास्त्रीय विधानको श्लोकलाई प्रस्तुतगर्नु सान्दर्भिक देखिन्छ । “सूतके मृतके चैव गते मांसचतुष्टये । नवयज्ञोपवीतानि धृत्थजीर्णानिसंत्यजेत् ।” यसको अर्थ हो जूठोसूतक परेमा वा चार महिना बितेपछि नयाँ जनै फेरेर पुरानोलाई फाल्नु पर्दछ ।
जनैपूर्णिमाका दिन प्रातकालमा उठी नदी, कुवा, इनार, धारा आदिगएर दतिवनलगाई सेतोमाटो, गोवर र खरानी अंगमा दलेर स्नानगर्नुपर्ने विधान छ । त्यसपछि अरुण घर्तिसहित कश्यप, भरद्वाज, गौतम, अत्रि, जमदग्नि, वसिष्ठ र विश्वामित्रयी सप्तर्षिहरुको पहिले पूजागर्ने र पछाडि सबैलाई तर्पण गर्ने शास्त्रीय विधान रहेको पाइन्छ ।जनैपूर्णिमा भगवान् शिवलाई आराधाना गरिने दिनको रुपमा र शुद्ध जनै बदल्ने दिनको रुपमा समेत लिइन्छ । श्रावणी पूर्णिमा नेपालमा प्राचीन कालदेखि नै प्रचलितहँुदै आइरहेको एक पावनतम पर्व मानिन्छ । जुन रक्षा अर्थात ‘राखी’ यो पर्वमामित्रहरु एक–दोश्रोलाई बाँध्दछन् ।दिदीबहिनीहरु प्रेमले आफ्नादाजु भाइहरुलाई बाँध्दछन् र ब्राम्हणहरु अन्य वर्गका मानिसहरुलाई बाँध्दछन् । त्यो यथार्थमा सर्प अर्थात दुष्टजनबाट त्राण पाउनकालागि, तिनीहरुको प्रेम एवं स्नेहमा आबद्ध आपसी एकताको प्रतीक स्वरुप प्रण थियो । पुराणअनुसार रक्षाबन्धनपर्वको पृष्ठभूमि पनि त्यहि नै छ । नयाँ जनैलाई विधिवत् पूजागर्दा प्रथमतः सङकल्प वाचन र त्यसपछि तर्पणको विधि हुन्छ । बैकुण्ठवासी गुरु, पितृ, ऋषिहरुलाई सश्रद्धा संस्मरणको उद्देश्यको लागि तर्पण कार्य गरिन्छ । यसरी हामीले धारण गर्ने जनै अर्थात एक एक्लेमा तीन डोरा हुन्छ । मानिस देवऋण, पितृऋण, ऋषिऋणबाट मुक्तहुनुपर्ने शास्त्रीय मान्यताको निमित्त उक्त तीन डोरा साङ्केतिक रुपमा देखाइएको वताइन्छ । सो डोरोमा ॐ कार, अग्नि, सर्प, सोम, पितृ, प्रजापति, अनिल, यम र विश्वदेवको बास हुने मान्यता छ । साथै तीन डोरालाई ब्रम्हा, विष्णु, महेश्वरको प्रतीक मानिन्छ । यसै पूर्णिमामा नेवार समुदायमा भ्यागुताको पूजागर्ने प्रचलन रहिआएको छ । यस दिन भ्यागुताको लागि खेतमा कुनै एक ठाउँमाभात राखिदिएर ब्याँजा नके गुपुन्हीको रुपमा मनाउने चलन छ । भ्यागुताले राति टर–टर आवाज निकाल्दा इन्द्र महाराजाको निन्द्रा बिउँझिदा इन्द्रले पानी पारेको विश्वासमा भ्यागुताको पूजागर्ने प्रचलन रहेको जनविश्वास छ ।
अन्त्यमाभन्नुपर्दा हाम्रो देशमाविभिन्न किसिमका समुदाय, जातजाति, भाषाभाषी, बस्ने भएको हुनाले हरेक दिन एउटा न एउटा चाडपर्वहरु पर्ने गरेको पाइन्छ । त्यस्तै गरी जनैपूर्णिमा पनि एक महत्वपूर्णको चाड हो । कुनै पनि धार्मिक सांस्कृति पर्वलाई सनातनदेखि चल्दै आएको परम्परा मान्यता र रीतिरिवाजअनुसार नै ठ्याम्मै अनुसरण गर्न हामी सक्छौ वा सक्दैनौं ? यौटा महत्वपूर्ण प्रश्न हामी सामु छ । विज्ञान र प्रविधिको विकास सञ्जालले घेरिएको आजका व्यस्त मानिससहरुलाई धार्मिक परम्परामा पूरै बाँधिएर बस्न सीमा र व्यावहारिक कठिनाइहरु छ्याप छ्याप्ती छन् । अतःसाँच्चै बोझ, बन्धन कर्सैलाई पनि मन पर्दैन किनकि यसमा मानिसलाई सुख, शान्ति र खुशीको अमनचयन प्राप्त हुँदैन तर रक्षाबन्धन मर्यादाको मीठो बन्धनहो जसले हामीलाई पवित्रता, स्वअनुशासन र संयमको लक्ष्मण रेखाभित्र राख्ने कामगर्दछ । नियम, मर्यादाको सीमारेखाभित्र रहँदा मानिस सुखी हुनुका साथै जीवनमा सफलता पनि हासिल गर्न पुग्दछ । त्यस्तै गरी रक्षाबन्धनले सबैको रक्षा गर्छ भन्ने चलन सत्ययुगदेखि नै चलेको देखिन्छ । अधि दानवहरुबाट पीडित देवगणहरुले अभिमानी असुरहरुको हातबाट कसरी त्राण पाउन सकिएलाभनी गुरु बृहस्पति सामु हारगुहार मागेपछि गुरु बृहस्पतिले विशेष रक्षा कवचको रुपमा तयार पारेको रक्षाबन्धनको धागो देवी इन्द्रायणी मार्फत देवराज इन्द्रलाई बाँधिदिएको र यसो गर्दा गुरु बृहस्पतिले विशेष मन्त्रजप गरेको जसको प्रभावले दानवहरु पराजित भै देवताहरु सुरक्षित रहेको प्रसंग र संस्मरण स्वरुप रक्षाधागो गुरुका हातबाट बाँध्ने परम्परा विकसित हुँदै आएको हो । यो पर्व सर्वश्रेष्ठ धर्मको रुपमा संसारभरि परिचित छ जसले गर्दा हाम्रो धर्ममा पनि केहि त्रुटिहरु छन् भने आध्यात्मिक जागरणको नाममा गलत संस्कार, छुवाछुत र रुढिवाढीलाई निर्मूल गरिनुपर्दछ भन्ने पनिहो । समाजमा विद्यमान रहेका कुसंस्कारलाई हटाइ सनातन धर्मबाट चलिआएको संस्कारलाई अगाल्नु समय सापेक्षिक हुनजाने छ । यस अर्थमा हिन्दूधर्मलाई अझै अगाडि बढाएमा हाम्रा चाड पर्वको महत्व अझै बढ्ने कुरामा कसैको दुईमत नहोला ।


1 Comment
Pingback: जनैपूर्णिमा, राखी र क्वाँटीको पर्व | Bishow Nath Kharel