भक्तपुर: मध्यपुर चाईना राेडस्थित शंखधरमार्ग वायरिला लाँ टाेल सुधार समितिकाे पाचौं वार्षिक साधारण सभा शनिबार एक कार्यक्रमका वीच सम्पन्न गरियाे । याे टाेल समिति यहाँकाे एक उल्लेखनीय समितिको रुपमा स्थापित रहेकाे छ।

बि.सं. २०७३ मा याे टाेल समिति स्थापित भै विभिन्न सेवामूलक कार्य गर्दै टाेलवासीकाे उध्दारमा लागेकाे समितिका अध्यक्ष राजेश श्रेष्ठले बताए ।

प्रमुख अतिथिकाे आसनबाट मध्यपुरका मेयर मदन सुन्दर श्रेष्ठले नगर पालिकाले याे टाेल समिति संग सहकार्य गर्दै जाने आश्वासन दिए ।
समाराेहमा २४ जना स्थानीय जेष्ठ नागरिक सम्मानित भएका थिए।

काेषाध्यक्ष तुल्सीराम श्रेष्ठले गत वर्षकाे आयव्यय प्रस्तुत गरे । प्रस्तुत आयव्यय सभाले पारित
गरेको थियो ।
