नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पेशागत तथा वुद्धिजीवि विभाग प्रमुख डा. डिला संग्रौला पन्तले अन्तरराष्ट्रिय युवा दिवसको शुभकामना दिनुभएको छ।उहाले भन्नुभयो,” नेपाल युवाहरुको मुलुक हो। आजका युवाको क्रियाशीलतामा हाम्रो देश को हाम्रो भविष्य निर्भर छ। बी पी कोइराला भन्ने गर्नु हुन्थ्यो युवा उमेरले हैन, आदर्शप्रतिको समर्पण र दृढ आस्थाले युवा हुन्छन्। आजको चुनौती भनेको हाम्रा सामु रहेका समस्याको विश्लेषण गर्ने मात्रै हैन, तिनलाई सम्बोधन गर्ने र एउटा लोकतान्त्रिक, न्यायपूर्ण र समतामूलक समाजको स्थापना गर्नु हो।” लोकतन्त्रप्रति आस्थावान सबै युवा साथीहरुलाई हाम्रो संविधानले देखाएको बाटोमा हिड्न प्रेरणा मिलोस् उहाँले भन्नुभयो।

