भक्तपुर: बिश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको प्रतिमा मध्यपुर थिमीको वडा नं ६ स्थित चपाचो स्थित बसिपुखुमा ७ फिट अग्लो प्रतिमा प्रतिस्थापन गरिने भएको छ ।
मध्यपुर थिमी वडा नं ६ पाचो निवासी मुर्तिकार गणेश कुमार प्रजापतीले बनाएको बुद्धको उक्त प्रतिमा पाटनबाट बाजागाजा सहित पाटी बिहार हुँदै चपाचो सम्म ल्याइएको थियो ।
बुद्ध प्रतिमा निर्माण कमिटीका अधक्ष्य दिल कृष्ण प्रजापती भन्नुहुन्छ, ” बिश्व शान्तिको शन्देश दिने भगवान बुद्धको प्रतिमा प्रतिस्थापनले र बुद्धको शिक्षा ग्रहण गर्नाले मानिसहरुको मन मस्तिष्कलाई सान्त राख्न सहयोग गर्दछ ।” उहाँले अगाडी थप्नुभयो, ” भगवानको प्रतिमाको दर्शन गर्दा बुद्ध शिक्षाको स्मरण ताजा हुनुको साथै सबैलाई महान प्रेरणा समेत मिल्ने बिश्वास सहित यो प्रतिमा प्रतिस्थापन कार्य गर्न लागिएको हो ।”

यो पुण्य कार्य शुरुआत जनस्तरबाट हौशला र उत्साह प्राप्त गर्दै अगाडी बढीरहेको छ । यो प्रतिमा स्थापना गर्न बुद्ध प्रतिमा निर्माण कमिटीका अधक्ष्य दिल कृष्ण प्रजापती र उहाँकी धर्मपत्नी सानुमाया प्रजापतीबाट रु १ लाख ११ हजार १११, गौतम शरण प्रजापती र गजेन्द्र बिक्रम प्रजापतीबाट रु १ लाख ५ हजार, दिल कृष्ण प्रजापतीबाट रु १,११,१११/- दान गरी पुण्य प्राप्त गर्नु भयो । साथै अन्य सहयोगहरु जुटिरहेको र भबिष्यमा सबैबाट सहयोग पाउने अपेक्षा गरेको कमिटीका अधक्ष्य दिल कृष्ण प्रजापतीले बताउनु भयो ।
उक्त प्रतिमाको कुल लागत रु. १३,००,००० ( तेह्र लाख) लागेको लागेको पनि अधक्ष्य प्रजापतीले बताउनु भयो ।
