-जयराम बिडारी
काठमाण्डौ,
“खेल तारकेश्वरको सन्देश एकताको”भन्ने मुल नाराका साथ तारकेश्वर नगरपालिकाको आयोजनामा सञ्चालित चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता- २०८२ को समापन समारोह भब्यरुपमा सम्पन्न गरिएको छ ।
चौथो मेयर रनिङ शिल्ड प्रतियोगिताका क्रममा लगातार ३ पटक बिजेता बनेर लालिगुराँस नेशनल एकेडेमीले तारकेश्वरको खेलकुद इतिहाँसमा नयाँ रेकर्ड बनाउँदै ट्रफि समेत पचाएको छ । प्रतियोगितामा लालिगुराँस नेशनल एकेडेमीले कुल ७८ स्वर्ण पदक मध्य ३२ स्वर्ण, ६ रजत र ३ कास्य सहित नगद १ लाख, ट्रफि र प्रमाणपत्र समेत प्राप्त गरि मेयर रनिङ शिल्डको उपाधी जितेको छ । त्यसैगरी हिमरश्मी स्कुलले १० स्वर्ण, १९ रजत र १३ कास्य सहित नगद ६० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गर्न सफल रहि द्वितीय स्थान हासिल गर्न सफल भएको छ । साथै किन्डर गार्डेन स्कुलले ५ स्वर्ण, ७ रजत र १ कास्य सहित नगद ४० हजार, शिल्ड र प्रमाणपत्र प्राप्त गरी तृतीय स्थान हासिल गरेको छ । यसैगरि एन्जल्स हर्ट मा.वि.ले ४ स्वर्ण, ३ रजत र २ कास्य गरि ९ पदक प्राप्त गरि सान्त्वना स्थान हासिल गरेको छ | त्यसैगरी तारकेश्वरको सामुदायिक विद्यालयहरु तर्फ मानसिंह धर्म माविले ३ स्वर्ण ५ रजत र १ कास्य पदक सहित पहिलो बनेको छ भने दोस्रोमा ग्रामसेवा मा.वि.ले ३ स्वर्ण १ रजत र ४ कास्य पदक प्राप्त गर्न सफल भएको छ । त्यस्तै तेस्रोमा मनमैजु मा.वि.ले २ स्वर्ण ४ रजत र ९ कास्य पदक हात पार्न सफल भएको छ । तारकेश्वरका १६ ओटा सामुदायिक विद्यालयले भाग लिएको प्रतियोगितामा ९ वटा विद्यालयले मात्र पदक जित्न सफल भएका छन् ।
तारकेश्वर नगरपालिकाको ओलम्पिक खेलको रुपमा हेरिएको उक्त कार्यक्रम नगर क्षेत्रका ६४ विद्यालयले सहभागिता जनाएका थिए । प्रतियोगितामा फुटबल, भलिबल,बास्केटबल, टेबलटेनिस, व्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो लगायत ११ विधाका खेलहरु समावेश गरिएको सो कार्यक्रम गत १३ गते देखि सञ्चालन गरिएको प्रतियोगिताको समापन २० गते नगरपालिकाको सभाहलमा एक भव्य कार्यक्रमको आयोजना गरि सम्पन्न गरिएको थियो ।
प्रमुख अतिथीका भूमिकामा रहेका नगर प्रमुख कृष्णहरि महर्जनले समापन समारोहलाई सम्बोधन गर्दै भव्यताका साथ सम्पन्न गरिएको प्रतियोगिताले तारकेश्वरको खेलकुदको इतिहास रचेको बताउँदै आगामी दिनमा समेत खेलकुदको विकासका लागि नगरपालिका हरदम तत्पर रहने बताए । उनले २०७९ सालमा तारकेश्वर नगरपालिकाको नगरप्रमुखमा निर्वाचीत भएर आएपछि आफ्नै परिकल्पनामा सुरु गरिएको कार्यक्रम तारकेश्वर रनिङ शिल्ड प्रतियोगिता चौंथो श्रृङ्खला सम्म सम्पन गर्न सकिएकोमा सन्तोष व्यकत गरे । यस्ता प्रतियोगितात्मक कार्यक्रमले समग्र नगरको मात्र नभई समग्रमा देशका लागि नै योग्य र सक्षम खेलाडी उत्पादन हुने विश्वास व्यक्त गरे । 
यसैगरी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालद्वारा नगरस्तरिय खेलकुद प्रतियोगिता सम्पन्न भएसंगै राष्ट्रपति रनिङ शिल्ड समेत तारकेश्वरकै पोल्टामा पार्ने गरी तैयारी गर्नुपर्ने अवस्था रहेको बताँउदै सो प्रतियोगितामा तारकेश्वरको शिर गिर्न नदिने गरि उच्च मनोबलका साथ खेलाडीहरुलाई अभ्यासमा जुट्न आग्रह गरिएको थियो ।
सो समारोहलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले खेलकुदले शारिरीक र मानसिक रुपमा तन्दुरुस्ती बनाउने बताउँदै प्रतियोगिता सम्पन्न गराउन भूमिका खेल्ने सम्बद्ध सवैप्रति आभार व्यक्त गरे । विद्यार्थीहरुलाई खेलकुद प्रति आर्कषित गराँउदै खेलकुदबाट तारकेश्वरलाई चिनाउनु पनि प्रतियोगिताको मुख्य उदेश्य रहेको बताए ।
सो समारोहमा प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, नगर प्रवक्ता तथा वडा २ का वडा अध्यक्ष राधाकृष्ण खड्गी लगायत वडा १ देखि ११ का वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकी, चौथो मेयर रनिङ शिल्ड प्रतियोगिताका संयोजक राजेन्द्र तिमिल्सिना, नगर खेलकुदका संयोजक बिक्रम खड्गी, बिभिन्न विधागत संयोजक, प्रधानध्यापकहरु, शाखा प्रमुखहरु, कर्मचारीहरु, पत्रकारहरु र बिधार्थीहरुको उपस्थिति रहेको यस कार्यक्रममा बिधार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।
चौथो मेयर रनिङ शिल्ड प्रतियोगिताका संयोजक राजेन्द्र तिमिल्सिनाद्वारा स्वागत मन्तव्यका क्रममा अहोरात्र खटेर कार्यक्रमलाई सफल तुल्याउन योगदान दिने महानुभावहरुप्रति सम्मान व्यक्त गर्दै प्रतियोगितामा भाग लिनेा खेलाडीहरुप्रति आभार व्यक्त गरे ।
वडा न. ६ का वडा अध्यक्ष घनश्याम श्रेष्ठको अध्यक्षतामा सम्पन कार्यक्रममा वडा नम्बर २ का वडाध्यक्ष राधाकृष्ण खड्गी लगायत वडा १ देखि ११ का वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगर सभा सदस्यहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकी, नगर खेलकुदका संयोजक बिक्रम खड्गी, बिभिन्न विधागत संयोजक, प्रधानध्यापकहरु, शाखा प्रमुखहरु, कर्मचारीहरु, पत्रकारहरु र बिधार्थीहरुको उपस्थिति रहेको कार्यक्रममा बिधार्थीहरुले नृत्य प्रस्तुत गरि मनोरञ्जन प्रदान गराएका थिए।
प्रतियोगिताका सह-संयोजक बिक्रम खड्गीद्वारा सहजीकरण गरिएको कार्यक्रमको समापन नगर प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खड्गीद्वारा प्रतियोगितामा सामेल भई बिजेता बन्न सफल भएका खेलाडी र विद्यालयहरुलाई बधाई र सुभकामना व्यक्त गर्दै सभाको समापन गरेका थिए ।

