काठमाडौं । नेकपा (एमाले)मा १५ सदस्यीय पदाधिकारी बनाउने प्रस्ताव गरिएको छ ।
ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनमा आइतबार उपमहासचिव विष्णु पौडेलले १५ सदस्यभन्दा माथिको पार्टी पदाधिकारी बनाउन नहुने बताए ।
जसमा केन्द्रीय अध्यक्ष एकजना रहनेछन् । यस्तै, एक वरिष्ठ उपाध्यक्ष र चार उपाध्यक्ष रहने प्रस्ताव छ । अर्थात्, उपाध्यक्षको संख्या पाँच हुनेछ ।
महासचिव एकजना र सातजना सचिव रहने गरी पदाधिकारी बनाउने तयारी पार्टीको छ ।

