प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणाबारे धारणा बनाउन बसेका न्यायाधीशहरूको छलफल सकिएको छ।
छलफलमा उपस्थित एक न्यायाधीशका अनुसार छलफलले भोलि प्रधानन्यायाधीश राणालाई भेटेर पछिल्ला विवादबारे उनको भनाइ सोध्ने तय गरेको छ।
‘भोलि बिहान साढे ११ बजे भेट्न समय र भोलि बल्ल न्यायाधीशहरुको धारणा सार्वजनिक गर्ने निधो भएको छ ।
संवैधानिक निकायमा भागबण्डा लिने, तीविरूद्ध परेका रिटमाथिको सुनुवाइ नहुने गरी पेसी तोक्ने, ती मुद्दाको सुनुवाइ विवादित बनाउने, मन्त्रिपरिषदमा समेत भागबण्डा खोज्ने राणाका कामकारबाहीले समग्र न्यायपालिकालाई विवादित बनाएको भन्दै तीन न्यायाधीशहरूले उनीबारे धारणा बनाउन छलफलमा बसेका थिए।
यही छलफलका कारण आज सर्वोच्चमा कुनै पनि इजलास बसेनन्। आज सर्वोच्चमा २ सय १६ मुद्दाका लागि सात इजलास गठन भएका थिए।
प्रधानन्यायाधीशलाई भेट्ने र फेरि छलफल गरेर आफ्ना धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेकाले भोलिका इजलास पनि प्रभावित हुने देखिन्छ।

