प्राविधिक विश्लेषक बिष्णु बस्यालले अबको एक बर्ष पछि नेप्से परिसुचक ५८०० को बिन्दुमा पुग्ने बताएका छन् ।
आज सामाजिक सञ्जाल मार्फत बस्यालले सन् २०२३ को सुरुवातमा वा बिचसम्ममा नेप्से परिसुचक ५८०० को बिन्दुमा पुग्ने दावी गरेका हुन् । अवको नेप्सेको रेसिस्टेन्स बिन्दु भनेको ३०५० हो अहिले नेप्सेलाई प्राविधिक रुपमा हेर्दा वेव ३ को सुरुवात भइसकेको छ त्यसैको आधारमा पनि नेप्से परिसुचक ५८०० को बिन्दु पुग्छ भन्न सकिने तर्क छ ।
अझै पनि यदि नेप्से परिसुचकले २८८० को बिन्दुलाई पार गर्यो भने झनै यसमा ढुक्क हुन सकिने बताउछन् बस्याल । “अहिले नै हेर्दा पनि बजार आफ्नो बुलिस लयमा फर्किएको जस्तो देखिन्छ यदि यहि अवस्थामा नेप्सेले २८८० को बिन्दुलाई पार गर्नसक्यो भने कन्फर्म नै हुन्छ तर अहिले हेर्दा पनि बजार आफ्नो लयमा फर्केको देखिन्छ” उनले भने ।
“नेप्से ३०५० को बिन्दुमा पुग्दा केहि प्रोफिट बुकिङ आउनसक्ने देखिन्छ तर त्यो सामान्य १०० २०० अंकको करेक्सन मात्र हुनेछ त्यहाँबाट उठेको बजार अबको १२ १८ महिना सम्ममा ५८०० सयको बिन्दुमा पुग्ने देखिन्छ” बस्यनलले भने ।
अर्थ संसार

