बर्लिन । एउटा जर्मन कम्पनीले डिजिटल कन्डम एप ‘क्यामडोम’ ल्याएको छ । कन्डम बनाउने जर्मन कम्पनी बिली ब्वाईले उक्त एप बनाएको हो ।
यसले अन्तरङ्ग क्षणहरूमा प्रयोगकर्तालाई सुरक्षित राख्दछ । एपले सहमति बिना तस्बिरहरू खिच्न, छायाङ्कन गर्न वा अडियो रेकर्ड गर्नबाट रोक्नेछ । डिजिटल अन्तरङ्गताको समयमा यो एप खोल्नु पर्छ । यसको प्रयोग गर्न वास्तविक कन्डम जस्तै सजिलो रहेको कम्पनीको दाबी छ ।
क्यामडोमले अनलाइन मञ्चहरूमा सहजै चुहिने अनि फैलिन सक्ने गोप्य कन्टेन्टहरूको सुरक्षा गर्छ । यसले एक पटकमा कयौँ उपकरणहरूलाई ब्लक गरिदिन्छ ।
एड्ज अफ द वर्ल्ड’का अनुसार अहिलेको पुस्तामा मोबाइल फोन मानव शरीरको हिस्सा भएको र मानिसहरूले आफ्ना उपकरणमा संवेदनशील कन्टेन्टहरू थुपारेर राख्ने क्यामडोम एपका विकासकर्ता फेलिप अल्मेइदाले भनेका छन् ।
एजेन्सी

