– केशव आचार्य (लेक्चरर, अर्थशास्त्र)
देशको शासन व्यवस्था सञ्चालन नियन्त्रण र व्यवस्थापन गर्न आवश्यक अधिकार प्राप्त व्यक्तिलाई कार्यकारी भनिन्छ । यिनले देशको शासन व्यवस्थालाई नियमित रुपमा सञ्चालन गरिरहेका हुन्छन् । देशका कार्यकारी नै सरकार प्रमुख हुन् । कानून कार्यन्वयन गराउने सन्दर्भमा यिनले महत्वपूर्ण भूमिका खेल्दछन् । वास्तवमा कार्यकारी नै शासक हुन् । उनले राज्य सञ्चालनका क्रममा आफ्नो अधिकारको प्रयोग गरिरहेका हुन्छन् । नेपालको राज्य सञ्चालनको क्रममा प्रधानमन्त्री के. पी. शर्मा ओलीलाई सबैभन्दा शक्तिसम्पन्न सरकार प्रमुख मानिन्छ । यिनले नेपालको उन्नति र विकासमा के कस्ता योगदान पु¥याए । तुलनात्मक विश्लेषणबाट स्पस्ट हुन्छ ।
प्रजातान्त्रिक मुलुकमा राज्य सञ्चालन गर्न कार्यकारी प्रत्यक्ष नागरिकको अभिमत वा संसदीय प्रणाली अनुरुप छनौट गरिएको हुन्छ । प्रभावशाली, क्षमतावान, विद्धान, काँधमा जिम्मेवारी, छातीमा ईमान्दारी, मस्तिष्कमा समझदारी र व्यवहारमा सदाचारीपन अंगालेको व्यक्तिलाई कार्यकारी बनाउने/बन्ने प्रचलन विद्यमान छ । यो समय र चेतनाले पनि निर्धारण गर्दछ । आम नागरिकको मन जितेर आउने प्रकृया आजको विश्वमा प्रचलित छ । नेपालको इतिहाँसमा उनले जस्तो अख्तियारको प्रयोग गर्न पाएका कार्यकारी श्री ३ जंग बहादुर मात्र थिए । वास्तवमा यति धेरै शक्तिशाली सरकार प्रमुखले नेपालको उन्नति, संरक्षण र विकासमा के कस्तो योगदान पु¥याए ? जुन कुरालाई नेपालको इतिहाँसले कहिल्यै विर्सदैन !
शक्तिशाली कार्यकारी खड्ग प्रसाद ओली (के.पि. ओली) को योगदान
नेपालका लागि ठूलो अहितकारी माहाकाली सन्धि अध्ययन कार्यदल संयोजक बनी माहाकाली बेचेर व्यक्तिगत फाइदा लिएका, विभिन्न हत्याकाण्डमा दोषि ठहरिएर चौध चौध वर्ष जेल जीवन विताएको योग्यता प्राप्त गरेका, वि.सं २०७२ को नाका बन्दीमा भारत विरुद्ध बोले जस्तो गरेर २०७४ को चुनाव जित्न सफल, यातयात क्षेत्रको कार्टेलिङ हटाउने निर्णय गरी फिर्ता लिएको, आयल निगमको जग्गा खरिद प्रकरण, वाइडबडी विमान खरिद काण्डको ठूलो भ्रष्टाचारलाई वेवास्था गरेको (पछि पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा ज्यान गयो) । विद्युत प्राधिकरणको महशुल काण्ड, विश्व विद्यालयमा असक्षमलाई नम्वर थपेर सक्षम बनाउने काण्ड, एनसेल कर छुट काण्ड, आफ्नै माहासचिवले वालुवाटारको सरकारी जग्गा लिएका र जनविरोध पछि फिर्ता गर्न लगाई संरक्षण गरेको, नक्कली भ्याट बिलकाण्ड, टेलिकम काण्ड, सेक्युरिटी प्रेस खरिदकाण्डका नाइके सञ्चारमन्त्री गोकुल बास्काटाको ७० करोडको कमिसन डिलिङ्ग काण्डबाट मन्त्रीलाई विना कारबाही उन्मुक्ति दिएको, कोभिड–१९ को औषधी र वस्तु खरिदकाण्डमा मुछिएकालाई बचाएको, निर्मला हत्याकाण्डको मुद्धालाई विलय गराएको, आफ्नो भूमिमा भारतले बर्षौदेखि बाटो बनाइरहेको थाहा नपाएको, थाहा पाएर नक्सा जारी गरिहेरेको, सिमाना छुट्याएर बाँसका घोचा सम्म गाड्न नसकेको, ३३ किलो सुनकाण्डले नेपाल प्रहरी प्रशासनलाई कमजोर बनाएको, संसद अपहरण गर्ने हर्कत गरी नेपाल प्रहरीको अस्मिता लुट्नुका साथै जनप्रतिनिधिको दुरुपयोग गरी जनप्रतिनिधि चुन्ने नागरिकको इज्जतमा आँच पु¥याए ।
माहामारीले आक्रान्त पारिरहेको समयमा अध्यादेश ल्याइ निरंकुशता लाद्न खोजेको, दुई दुईवटा मानार्थ विद्यावारिधी प्राप्त गरेको, नियमित सिङ्गापुरमा उपचार गराइरहेको, राष्ट्रको ठूलो ढुकुटी सकेर करोडौं खर्चगरी गाउँमा जन्म उत्सव मनाएको जसमा केक नै नेपालको नक्सा अंकित बनाएको जसलाई रमाई रमाई चिरा चिरा बनाएर खाएको, मिडियालाई आफु अनुकुल बनाउने प्रयास गरेको, अख्तियारको घुषकाण्डलाई छुट दिएको, गुण्डा र दोषिहरुलाई जनप्रतिनिधि बनाएको, कोरोना माहामारीको समयमा आयोग गठन गरी आफ्नाका लागि भर्ति केन्द्र बनाएको, पशुपति शर्माको यथार्तपरक गीतमा प्रतिबन्द लगाएको, देशको प्रधानमन्त्री एउटा संस्थाको कार्यक्रममा सोल्टी होटेलमै बसि होली वाईन पिएको, हास्यास्पद पानीजहाज कार्यलय खोली डेढ करोडको गाडी खरिद गर्न आवहान गरेको, आफु र आफ्ना विरोधिलाई फसाउने काण्ड मच्चाएको, जस्तैः रबि काण्ड… सार्वजनिक टुँडिखेल भाडामा लगाई खाने अवसर दिएको, ८० करोडको राहत बाँडेको खुलाशा गरेको आम सर्वसाधारण नागरिकले नपाएको, भारतीय गुप्तचर प्रमुख सामन्तकुमार गोयलसँग विं.सं २०७७ साल कार्तिक ५ गते बुधवार राती आफ्नै निवासमा भेटी लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको चुच्चे नक्सा गायव, पुष ५ गते राष्ट्रलाई निकाश दिएको भन्दै गणतन्त्रलाई कु गरेको, भ्रष्टाचारमा स–साना राष्ट्रसेवक कर्मचारीलाई मात्र समाउने गरेको ।
विपक्षी पार्टीको सर्वसम्मतीमा नेपाल सरकारका विभिन्न संघसंस्थामा गर्नु पर्ने नियुक्तिमा स्वच्छ छविको व्यक्तिलाई गर्नुपर्ने तर नियम विपरित नियुक्ति गरिएका निकाय र संस्थाहरु ः लगानी बोर्डको कार्यकारी प्रमुख– सुशिल भट्ट, रेलवे विभाग महाप्रबन्धक– गुरु भट्टराई, मुस्लिम आयोगको अध्यक्ष– सलिममिया अन्सारी, नेपाल वायुसेवा निगमको अध्यक्ष सुशिल घिमिरे, राष्ट्रिय खेलकुद परिषद सदस्यसचिव– रमेश सिलवाल, नगरविकास कोष– कुष्णप्रसाद सापकोटा, लुम्बिनी विकास कोष कार्यकारी प्रमुख– ज्ञानिन राई, सिटिइभिटी उपाध्यक्ष– खगेन्द्र अधिकारी, प्रेस काउन्सिल– दुर्गा भण्डारी, नेपाल ट्रष्ट– सीताराम सापकोटा (यती समुह), स्पेनकी राजदुत– दावाफुटी शेर्पा, केयुकेएल– मिलनकुमार शाक्य, अष्ट्रेलियाका राजदुत– महेशराज दहाल, राजश्व प्रशासन बोर्ड अध्यक्ष– महेश दहाल, स्टाफ कलेज– राजन खनाल, वैदेशिक रोजगार बोर्ड सदस्य– कैलाश खड्का, केयुकेएल महाप्रबन्धक– मिलनकुमार शाक्य, राजश्व परामर्श बोर्ड सदस्य– निर्मलहरी अधिकारी, काठमाण्डौ उपत्यका खानेपानी विकास बोर्ड कार्यकारी निर्देशक– सञ्जीव राणा, न्यायपरिषद सदस्य– लक्ष्मीबहादुर निराला खड्का, कु गर्नु अगि रिक्त सबै संबैधानिक निकायमा नियुक्ति रहेका छन् ।
आज संसद विगठन गरि अफूलाई समेत पार्टी विहीन व्यक्तित्वको रुपमा प्रस्तुत गरे भने नेपाल कम्यूनिष्ट पार्टीलाई अवैध तुल्याइदिएका दिए । पुष्पलालले रोपेको कम्युनिष्ट मदन भण्डारीले फैलाए पछि भण्डारीको हत्यासँगै खुम्चीयो । मनमोहन अधिकारीले केही मलजल गरेर हुर्कियो के.पि ओलीले यसलाई निमोठि कम्युनिष्ट माथिको विश्वासलाई समाप्त पारिदिए । पून संसद विगठन गरि दुई दुईपटक संसद विगठन गर्ने प्रधानमन्त्रीको नाम इतिहाँसमा लेख्न सफल भए । आफै विश्वासको मत लिन नसक्ने भएँ सरकार बनाउने प्रकृयामा लाग्नु भनि पूनः गैर हस्ताक्षर संकलन गरि प्रधानमन्त्रीको दावी गर्न समेत भ्याए । यि सबै काम प्रधानमन्त्रीको निजी, व्यक्तिगत निर्णयबाट भएको आम सर्वसाधारणको वुझाई रहन पुग्यो ।
अन्तमा, शक्तिमात्रले सुव्यवस्थापन र अमन चयन कायम गर्न सक्दैन । शक्ति र अधिकारको प्रयोग राष्ट्रिय हितमा समर्पण गर्न सकियो भने राष्ट्रिय शान र मान दुवै फस्टाउँछ । व्यक्तिगत स्वार्थमा लगाइएको शक्ति र अधिकारले इतिहाँस रच्दैन । इतिहाँस रच्ने शिखरमा पुगेर रच्नेपथ सृजना गर्न नसक्नु जीउदै मरेको जीवन सरह हो । यो सौभाग्य के.पि शार्मा ओलीले प्राप्त गरे । हरेक मानिसको जीवनमा एकपटक असल काम गर्ने अवसर आँउछ तर त्यसको सदुपयोग गर्न नसक्नु व्यर्थको जीवन जीउनु हो । हामी सबैले आफ्नो शक्ति र अधिकारको प्रयोग राष्ट्रियहितमा लगाएर स्तर अनुरुपको इतिहाँस रच्नु पर्दछ ।

