काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहक, कर्मचारी तथा परिवारजनलाई फ्रन्टलाईन हस्पिटलमा विशेष छुट दिईने एक विशेष सम्झौता भएको छ । बैंक र हस्पिटलबीच बिहिवार एक विशेष सम्झौता भएको हो ।
सम्पन्न भएको सम्झौतामा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई काठमाडौं महानगरपालिका– १०, बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलमा स्वास्थ्योपचार गर्दा विशेष छुट दिइने उल्लेख छ।
प्रभु बैंक लिमिटेड र फ्रन्टलाइन हस्पिटलबीच सम्पन्न सम्झौतामा बैंकका ग्राहकहरूले १० प्रतिशतसम्म छुट पाउने सम्झौता भएको हो। उक्त छुट प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले पाउने बैंकले जनाएको छ।
सम्झौतापत्रमा फ्रन्टलाइन हस्पिटलका क्लिनिकल अध्यक्ष योगेश न्यौपाने र मेडिकल प्रशासक रोहन झा तथा प्रभु बैंकका चिफ मार्केटिङ अफिसर रमेशकुमार श्रेष्ठ र मार्केटिङ म्यानेजर दिना चित्रकारले संयुक्त रूपमा हस्ताक्षर गरेका छन्।
ग्राहकहरूको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरू छन् । नेपालको एक राष्ट्रिय वाणिज्य बैंक प्रभु बैंक लिमिटेडले २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

