काठमाडौै: वन्यजन्तुको सुकुटीसहित दाङमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाका निवासी वर्ष हेमराज गिरी र घोराही उपमहानगरपालिका वडा नम्बर ११ निवासी ३२ बर्षिय दामोदर योगी रहेका छन् ।
करिब १२ किलो सुकुटीसहित राजपुर गाउँपालिका वडा नम्बर १ माररी खोलाबाट हिजो बेलुका नियन्त्रणमा लिइएको बताइएको छ ।
पक्राउ परेका गिरी, योगीलाई सुकुटीसहित आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय देउखुरीमा बुझाइने छ ।
प्रहरीले नियन्त्रणमा लिएको सुकुटी वन्यजन्तुको हो या होइन भन्ने परिक्षण भइरहेको प्रहरीले बताएको छ ।

