काठमाडौै: मानुषी लघुवित्त वित्तिय संस्था लिमिटेडले साउन २७ गतेदेखि साउन ३१ गतेसम्म सर्वसाधारणमा निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) सोमबार बिहान बाँडफाँड हुने भएको छ ।
लघुवित्तको शेयर बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले दिएको जानकारी अनुसार एसबिआई क्यापिटलको केन्द्रीय कार्यालयमा सोमबार बिहान ८ः३० बजे शेयर बाँडफाँड गरिन लागिएको हो ।
कम्पनीले आईपीओ बाँडफाँडका लागि भदौ ३ गते बिहीबार प्रि-अलटमेन्ट गरेर बाँडफाँडका लागि नियामक निकाय धितोत्रपत्र बोर्डसँग अनुमति मागेको थियो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम गरिने बाँडफाँडमा ३६ हजार ८५९ जनाले मात्र शेयर पाउनेछन् ।
आईपीओमा कुल २४ लाख ३ हजार ५५ वटा आवेदन परेको छ । यसअनुसार कुल आवेदकमध्ये २३ लाख ६६ हजार १९६ जना (९८.४७ प्रतिशत) को हात भने खाली हुनेछ ।

