विश्वराज अर्याल
भरतपुर १८,
मिति २०८२ पौष १२ गते शनिबार नेपाल रेकर्ड सोसाइटी गुञ्जनगर उपशाखाको नौऔँ साधारण सभा सम्पन्न भएको छ। नेपाल रेड क्रस सोसाइटी गुञ्जानगर उपशाखाको सभापति हरिराज अर्यालको अध्यक्षतामा सो कार्यक्रम सञ्चालन भएको थियो। सो कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष बाबुराम राना रहनुभएको थियो। विशेष अतिथिका रुपमा नेपाल रेड क्रस सोसाइटी चितवन जिल्ला शाखाका कोषाध्यक्ष विजयराज खनाल हुनुहुन्थ्यो। अतिथिहरूमा शारदानगर रेडकस उपशाखाका सभापति शिवदत्त सापकोटा, चलौली रेडकस उपशाखाका सभापति ओम लामिछाने, नेपाल रेड क्रस सोसाइटी गुञ्जानगर उपशाखाका सल्लाहकार संयोजक एवं सामाजिक व्यक्तित्व विष्णुप्रसाद ढकाल, हरि न्यौपाने,तिल कुमार श्रेष्ठ, पुण्यदेवी ढकाल,लेखा संयोजक श्रीप्रसाद ढकाल, चितवन समन्वय इकाई का सदस्य कृष्णभक्त भट्टराई, पर्यावरण संरक्षण एवं सम्बर्धन संस्थाका अध्यक्ष दयानिधि अर्याल ,शालिकराम पौडेल, नेपाल रेडक्रस सोसाइटी शुक्रनगर उपशाखाका लेखा संयोजक हरिप्रसाद घिमिरे ,रेडियो साहिनोको प्रतिनिधि विश्वनिधि अर्याल , रामकृष्ण पण्डित हुनुहुन्थ्यो।
सो कार्यक्रमको स्वागत मन्तव्य नेपाल रेडक्रस सोसाइटी गुञ्जानगर उपशाखाको उपाध्यक्ष रिता केसीले गर्नुभएको थियो। उक्त कार्यक्रमको सफलता तथा शुभकामना व्यक्त गर्नेहरूमा विश्वराज अर्याल, हरिप्रसाद न्यौपाने, शिवदत्त सापकोटा ,विष्णु ढकाल, कृष्णभक्त भट्टराई, जीवन भट्ट, तिलकुमार श्रेष्ठ रामकृष्ण पण्डित,पुण्य देवी ढकाल हुनुहुन्थ्यो |संस्थाका सचिव हरि ढकालले सचिवको प्रतिवेदन पेश गर्नुभएको थियो भने संस्थाका कोषाध्यक्ष कमलनाथ पौडेलले वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। विशेष अतिथिको मन्तव्यमा विजयराज खनालले क्रमिक रूपमा तथा क्रियाशील रूपमा नेपाल रेडकस्ट सोसाइटी गुन्जानगर उपशाखा रहेको जानकारी गराउनुभयो। प्रमुख अतिथिको मन्तव्यमा भरतपुर महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष बाबुराम रानाले सबैको सक्रियताले पक्कै पनि नेपाल रेडकस सोसाइटी गुन्जानगर उपशाखा क्रमिक रुपमा अगाडि बढ्ने तथा भाषणभन्दा काम र कर्ममा जोड दिनुपर्ने अभिव्यक्ति दिनुभएको थियो | सभापतिको मन्तव्यमा सबै सबैलाई धन्यवाद दिँदै कार्यक्रम सभाका सभापति हरिराज अर्यालले समापन गर्नुभएको थियो। सो कार्यक्रमको सहजीकरण नेपाल रेडकस्ट सोसाइटी गुञ्जानगर उपशाखाका सचिव हरि ढकालले सहजीकरण गर्नुभएको थियो। 

