काठमाडौं,
टोखा नगरपालिका-८ जालपा चोकस्थित जालपा पुस्तकालयको नवौं साधारणसभा माघ २४ गते पुस्तकालय हलमा सम्पन्न भएको छ । पुस्तकालयका अध्यक्ष नर बहादुर बि.सी. बानियाँको अध्यक्षतामा सम्पन्न साधारणसभाले छैंठौ कार्यकालका लागि ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष नर बहादुर बि.सी. बानियाँ, उपाध्यक्ष राजाराम पुडासैनी, सचिव नमराज सिलवाल, सह-सचिव सपना पौडेल (वाग्ले), कोषाध्यक्ष गणेश प्रसाद कोइराला तथा सदस्यहरूमा योगेन्द्रराज पाण्डे, विनोदप्रसाद सिलवाल, राजन सेढाईं, वाशुदेव पाण्डे, रेणु अधिकारी र घनबहादुर थापा चयन हुनुभएको छ । कार्यसमितिमा टोखा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष पदेन सदस्य रहने प्रावधान रहेको छ ।
टोखा नगरपालिका वडा नम्बर ८ का सदस्य अनुप राईको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा डा. प्रेमराज सिलवालले पुस्तकालय सम्बन्धी आफ्नो धारणा राख्नुभएको थियो । पुस्तकालयका सल्लाहकार दिपक बानियाँले शुभकामना मन्तव्य, कोषाध्यक्ष गणेश प्रसाद कोइरालाले पुस्तकालयको आथिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सदस्य योगेन्द्रराज पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

