प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली नजाने भएका छन्।
प्रधानमन्त्री देउवाले आज बिहान १० बजे बालुवाटारमा सर्वदलीय बैठक राखेका छन्। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वदलीय बैठकमा जाने कि नजाने भन्नेबारे आफूहरू छलफलमै रहेको बताए।
संसद्को अवरोध हटाउने बारे छलफल गर्न देउवाले बोलाएको सर्वदलीय बैठक बाेलाएका हुन्। सो बैठकमा अध्यक्ष ओली नजाने प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। भट्टराईले भने, ‘अध्यक्ष ओली नजाने भएपछि अरु जानुको औचित्य छैन्। त्यसैले कोही पनि बैठकमा सहभागी हुँदैनौं।’
सर्वदलीय बैठकमा नेकपा एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीलाई निमन्त्रणा गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
एमालेले यसअघि सभामुखले आयोजना गरेको सर्वदलीय बैठक पनि बहिस्कार गरेको थियो। आफूहरूले कारवाही गरेका माधव कुमार नेपाल बैठकमा सहभागी भएको भन्दै एमालेले सभामुखले बोलाइएको सर्वदलीय बैठक बहिस्कार गरेको थियो।

