बागमती प्रदेशमा कांग्रेसले मुख्यमन्त्री लिने विषयको पार्टीभित्रैबाट विरोध भएको छ। आउँदो २५ गतेदेखि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य हट्ने र त्यसपछि गठबन्धनले सरकार बनाउने अवस्थामा कांग्रेसले पाउनुपर्ने माग उठेकाेमा नेता शेखर कोइरालाले विरोध जनाएका छन्।
कांग्रेसको संस्थापन पक्षले महाधिवेशन अवधिभरका लागि मात्रै भए पनि सरकारको नेतृत्व दिन गठबन्धनका अरु घटकलाई आग्रह गरेपछि कोइरालाले असहमति जनाएका हुन्। सत्तामुखी खेलले कांग्रेसलाई कमजोर बनाउने भएकाले त्यसतर्फ लाग्न नहुने नेता कोइरालाको मत छ।
कांग्रेस नेतृत्वले नेकपा समाजवादी पार्टीलाई गरिएको भनिएको प्रस्ताव आपत्तिजनक र अस्वीकार्य छ। यसले कांग्रेस पार्टीलाई कमजोर बनाउँछ’, कोइरालाले अगाडि भनेका छन्, ‘संघीयता धरापमा पार्ने र लोकतन्त्रको धज्जी उडाउन गरिने यस्ता व्यवहारले नेपाली कांग्रेसका सदस्यहरु र आम जनतालाई के सन्देश दिन खोजिएको हो? यस्ता कार्यमा संलग्न नहुन म सबैमा आग्रह गर्न चाहन्छु।’

