परराष्ट्रमन्त्री डा नारायण खड्का संयुक्त राष्ट्रसङ्घको ७६औँ महासभामा भाग लिएर आज स्वदेश फर्कनुभएको छ ।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँले ‘आशाको माध्यमबाट प्रतिरोधका साथ कोभिड-१९ बाट पुनःस्थापना, दिगो पुनःनिर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनःजागृत गराउने’ विषयमा महासभालाई सम्बोधन गर्नुभएको थियो ।
औपचारिक भ्रमण पूरा गरि मन्त्री डा. खड्का सहित नेपाली प्रतिनिधिमण्डलको टोली आज स्वदेश फर्किएको हो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही असोज ८ गते न्युयोर्क पुग्नुभएका मन्त्री खड्काले सभालाई सम्बोधन गर्नुका साथै भारत, बङ्गलादेश, कुवेत र बहराइनका विदेशमन्त्रीहरू क्रमशः एस जयशङ्कर, अब्दुल मोमेन, शेख अहमद नासिल अल मोहमद अलसवाह र अब्दुल लतीफ बिनसँग बेग्लाबेग्लै भेटवार्ता गर्नुभएको थियो ।
