नेकपा एमालेको असोज १५ गते भाेलि शुक्रवारदेखि सुरु हुने पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी सकिएको छ ।
आज बिहीवार नेकपा एमाले विधान महाधिवेशन मूल समारोह समितिले पत्रकार सम्मेलन गर्दै पहिलो राष्ट्रिय विधान महाधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो । भाेलि शुक्रवार १२ः१५ बजे पार्टीका अध्यक्ष केपी शर्मा ओलीले पहिलो राष्ट्रिय विधान महाधिवेशनको उद्घाटन गर्ने जानकारी दिनुभयो ।
उद्घाटनपछि तीन वटा प्रस्ताव पेस गर्ने र दोस्रो दिन (असोज १६ गते) समूहगत छलफल गरिने कार्यक्रम रहेको संयाेजक भट्टराईले बताउनुभयो । महाधिवेशनमा देशभरबाट झन्डै ६ हजार प्रतिनिधि सहभागी बन्ने बताउनुभयो ।

