नेकपा (एमाले) को प्रथम विधान महाविधेशनको समूहगत छलफल सकिएको छ।
आज बिहानदेखि सुरू भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको हो।
प्रतिवेदनमाथि १० समूहमा छलफल भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
सात प्रदेश, उपत्यका, विशेष कमिटी, सम्पर्क कमिटी र प्रवास, जनसंगठन तथा केन्द्रीय निकाय र आयोगले आ-आफ्नो समूहमा छलफल गरेका थिए। छलफलपछि टोली नेताले सुझाव प्रस्तुत गर्नेछन्।

