काठमाडौं, असोज १७ गते । सरकारले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । शुक्रबारको निर्णयअनुसार गृह मन्त्रालयले ११ प्रजिअको सरुवा गरेको हो ।
गृह मन्त्रालयका सूचना अधिकारी दिकुमार तामाङका अनुसार डडेलधुरामा मोहनराज जोशीलाई पठाइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको छ ।
यसैगरी भोजपुरको सिडिओमा मन्त्रालयका सहसचिव कमलराज ढकाल, लमजुङमा सुशील वैद्य, डोटीमा शङ्करबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रवीन्द्र आचार्य र म्याग्दीमा चिरञ्जीवी रानालाई सरुवा गरिएको छ ।
त्यस्तै रसुवामा नमराज जैसी, तेह्रथुममा अनोज घिमिरे र महाेत्तरीमा वासु दाहालको सरुवा भएको सूचना अधिकारी तामाङले बताउनुभयो ।
