काठमाडौं , असोज १७ गते । कोरोना महामारीका कारण डेढ वर्षदेखि वन्द रहेको चलचित्र उद्योग पुनः असोज २५ गते देखि दशैभर शुरु हुने भएको छ । सरकारले एक महिना अघि भदौं १५ गते स्वास्थ्य मापदण्ड पालना गरेर चलचित्र हलहरु सञ्चालन गर्न अनुमति दिएको थियो ।
चलचित्र निर्माता सङ्घले पहिलो चरणमा नेपाली चलचित्र रिलिज गरेर असोज २५ गतेदेखि देशैभरका फिल्महल सञ्चालनमा ल्याउने तयारी गरेको नेपाल चलचित्र सङ्घका अध्यक्ष मधुसूधन प्रधानले जानकारी दिए । हामी आइतबार थप बैठक बसेर नयाँ निर्णय गर्नेछाैं तर पहिलो चरणमा नेपाली चलचित्रबाट प्रदर्शन शुरु हुनेछ, उनले भने।
सरकारले एक महिनाअघि नै हल सञ्चालन गर्न अनुमति दिए पनि लामो समयदेखि बन्द रहेको हल थप व्यवस्थापन र सरसफाइ गर्नुपरेकाले एक महिना ढिलाइ भएको अध्यक्ष प्रधानले बताए । कोरोना महामारीमा कम मात्रामा चलचित्र निर्माण भएकाले दर्शकको रोजाइ र उपस्थितिलाई हेरेर क्रमस नेपाली चलचित्रहरु रिलिज गर्दै जाने उनले बताए । हल सञ्चालक, फिल्म वितरक, चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, र नेपाल चलचित्र कलाकार सङ्घले व्यवसायलाई रणनैतिक ढंगले अघि बढाउने विषयमा छलफल शुरु गरेको संघले जनाएको छ ।
Previous Articleसरकारले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको गर्यो सरुवा
Next Article २४ घण्टामा ६७९ जनामा कोरोना संक्रमण पुष्टि
