नेपाली कांग्रेस संखुवासभाको सभापतिमा दीपक खड्का निर्वाचित भएका छन्। कांग्रेसको १४ औं जिल्ला महाअधिवेसनबाट सभापतिमा खड्का एक हजार १९८ मत ल्याएर विजयी भएका हुन्। उपसभापति र सहसचिव पदमा पनि खड्का प्यानलकै विजयी भएका छन् ।
खड्काका निकटतम प्रतिद्वन्द्वी राईबहादुर राईले ११० मत प्राप्त गरेका छन्। उपसभापतिमा रामकुमार जिमी, अनन्त गौली, सचिवमा टकमान घले र कुमारबाबु अधिकारी तथा सहसचिवमा किशोरकुमार गुरुङ र सुवास कालाखेती विजयी भएका छन् । खड्काको स्थायी ठेगाना धर्मदेवी नगरपालिकाको आँखीभुइँ हो।

