पाँचथर — अविरल वर्षासँगै गएको पहिरामा परी पाँचथर जिल्लाका विभिन्न स्थानमा ५ जनाले ज्यान गुमाएका छन् ।
सदरमुकाम फिदिम,मिक्लाजुङ,फाल्गुनन्द र कुम्मायक गााउपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
फिदिम–४ जोरसालमा पहिरोले घर पुर्दा आमा-छोराको मृत्यु भएको छ । घर माथिबाट आएको पहिरोले पुरिएर २५ वर्षीया ममता मगर र ४ वर्षीय छोरा रोयल मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिए । उनका अनुसार मिक्लजुङ,फाल्गुनन्द र कुम्मायकमा एक–एक जनाको ज्यान गएको छ भने विभिन्न स्थानमा २ जना बेपत्ता भएका छन् ।
