३ कात्तिक,धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा ६ जनाको मृत्यु भएको छ ।
राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर पुरेको हो । पहिराले पुर्दा घरमा सुतिरहेका श्रेष्ठसहित ६ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य ६ जना घाइते भएका धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपककुमार रायले जानकारी दिए ।
