भक्तपुरको मध्यपुर थिमी ३ नम्बर वडामा नेकपा माओवादीको वडा विस्तारित बैठक शनिबार सम्पन्न भएको छ ।
नेकपा माओवादी केन्द्र पुर्ववत अवस्थामा पुनर्जीवित भएपछि पुन:जागृत, पुन संगठित गर्दै तल्लाे तहसम्म विस्तारित वंठक र भेला अभियानमा लागेका छन् । यही क्रममा उक्त वैठक भएकाे हाे।
वैठकमा नेकपा केन्द्रीय सदस्य तथा भक्तपुर ईन्चार्ज दिलिप महर्जन,भक्तपुर अध्यक्ष डी.पी.ढकाल र २नं.का नरेश रञ्जितलगायतले सम्वाेधन गरेका थिए । जानकारी दिईए अनुसार भक्तपुरमा १० हजार पार्टी सदस्य बनाउने र आगामी स्थानीय चुनावमा ४वटै नगर पालिकामा जित हासिल गर्ने लक्ष रहेकाे जनाइएको छ ।
कार्यक्ममा मध्यपुर अध्यक्ष विजय कृष्ण श्रेष्ठलगायत विद्यार्थी वाईसेल युवा नेताहरुकाे सहभागिता रहेको थियो ।

