काठमाडौँ,पुस ९ गते । सरकारले राष्ट्रिय परीक्षा बोर्डमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकले शर्मालाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।
पुस ८ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै प्रवक्ता कार्कीले शर्मा परीक्षा बोर्डको अध्यक्ष नियुक्त भएको जानकारी दिएका हुन् । त्यसैगरी सरकारले पुस १० गते क्रिसमस डेको अवसरमा सार्वजनिक बिदा दिने निर्णयसमेत गरेको छ ।
