टपटेन खबर
पुष ९, २०७८ नुवाकोट । संसदीय पूँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था ? नामक विचार गोष्ठिको आयोजना गरिएको छ । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन नुवाकोटको आयोजनामा उक्त कार्यक्रम आयोजना गरिएको हो । पुष १० गते शनिवार मध्यान्ह १२ वजे नुवाकोटको विदुर नगरपालिकास्थित सुखद पाहुना घर बिदुरमा सो कार्यक्रम आयोजना हुने आयोजकले बताएको छ । नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन नुवाकोटका संयोजक शुभलाल श्रेष्ठको आयोजना रहेको उक्त कार्यक्रममा विभिन्न विधाका बुद्धिजीवीहरुको सहभागिता रहनेछ ।
कार्यक्रमका वक्ताहरु अनिल शर्मा बिरही, डा.केदार नर्सिङ केशी, इन्द्र गौतम, जगतजङ रामशरण प्याकुरेल, बामबुद्धिजीवी भरत सिग्देल, अधिवक्ता नारायण अधिकारी रहनुभएको छ । लेखक, बुद्धिजीवी एवं पत्रकार नन्दलाल खरेलले कार्यक्रमको सञ्चालन गर्नुहुने कार्यक्रम रहेको छ । कार्यक्रममा उपस्थितिका लागि विदुर वरपरका सबै नागरिकलाई अनुरोध गरिएको छ ।
