काठमाडौं: काठमाडौं महानगरपालिकाले ‘भेरोसेल’ खोपको दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको छ।
गत जेठ २५ गतेदेखि कोरोनाविरुद्धको उक्त खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई कामपाले आजदेखि यही असार २४ गतेसम्म दोस्रो मात्रा लगाउनका लागि १२ स्थान तय गरेको हो।
खोप केन्द्रहरुमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, शङ्करमपुर अस्पताल, हिमाल अस्पताल, ओम अस्पताल एवं रिसर्ज सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय र जनमैत्री अस्पताल बालाजु रहेको कामपाले जानाएको छ।
त्यसका लागि पहिलो मात्रा लगाएको खोप काड अनिवार्य लानुपर्ने छ।
त्यसैगरी आजदेखि लागाइने खोपका लागि काठमाडौँ जिल्लाका लागि अन्य स्थानीय तहले पनि १९ वटा खोप केन्द्र तय गरेका छन्।

