काठमाडौं । नेकपा एमाले उदयपुरले सरकारी स्वामित्वमा रहेको देशकै सबैभन्दा ठूलो सिमेन्ट उद्योगका रुपमा रहेको उदयपुर सिमेन्ट उद्योगलाई निजीकरण गर्न नहुने निष्कर्ष निकालेको छ । उदयपुर प्रतिनिधी सभा क्षेत्र नं. २ का सांसद अम्बर बहादुर रायमाझीको पहलमा भएको सिमेन्ट उद्योगका उच्च अधिकारी र नेकपा एमाले उदयपुरको नेतृत्व विच भएको छलफलमा उदयपुर सिमेन्ट उद्योगकालाई निजिकरण गर्न नहुने निष्कर्ष निकालिएको हो ।
छलफलमा उद्योगलाई कसरी बचाउने र आगामी दिनमा निजिकरण हुनबाट कसरी जोगाउने भन्ने विषयमा गम्भिर छलफल भएको एमाले उदयपुरका अध्यक्ष भागवत राउतले जानकारी दिएका थिए । सिमेन्ट उद्योग आर्थिक रुपमा जर्जर अवस्थामा पुगेको र उदयपुर सिमेन्ट उद्योगकाले करिव २ अर्ब तिर्नु पर्ने दायित्व बोकेर हिडिरहेको जानकारी दिंदै उद्योगका निमित्त महाप्रबन्धक महेश प्रसाद साहले उद्योग निजिकरण हुनबाट जोगाउनु पर्ने साथै सामान्य खर्च पनि गर्न नसक्ने अवस्थाबाट उद्योग चलिरहेको तर्फ सबैले चिन्ता लिएर उद्योगलाई बचाउन जरुरी रहेको बताए ।

रत्ना रिर्सोटमा भएको सोमबारको छलफलमा उद्योगका तर्फबाट निमित्त महाप्रबन्धक महेश प्रसाद साह, सहायक नायव महाप्रबन्धक कोविद् काफ्ले, वरिष्ठ इन्जिनियर हरि अधिकारी, गंभिरजंग खत्री लगायतका सहभागी भएका थिए भने नेकपा एमालेका तर्फबाट पोलिटव्युरो सदस्य मञ्जु चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा, कोशी प्रदेश कमिटी सचिवालय सदस्य इश्वरमणी राउत, उदयपुर २ का प्रतिनिधिसभा सदस्य अम्बर बहादुर रायमाझी, कोशी प्रदेश सभा सदस्य गीता रेग्मी, उदयपुर जिल्ला कमिटी अध्यक्ष भागवत राउत, सचिव टेक बहादुर राउत, उपसचिव द्वय गंगा राई र हेम खड्का लगायत सहभागी रहेका थिए ।