बिश्वराज अर्याल,
भरतपुर १८, कार्तिक १५,
पर्यावरण संरक्षण एवं सम्वर्धन संस्था द्धारा कार्यालय उद्धघाटन तथा जडिवुटी पहिचान कार्यक्रम सम्पन्न भएको छ । पर्यावरण संरक्षण एवं सम्वर्धन सस्थाका अध्यक्ष दयानिधि अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रोफेशस डा. श्याममणी अधिकारी हुनुहुन्थ्यो । प्रमुख अतिथिको वाहुली वाट कार्यलय उद्धघाटन भयो । संस्थाका सदस्य हरि राज अर्यालले वैकल्पीक ब्यवस्था नहुदा सम्म आफ्नो घरको एक कोठा संस्थाको कार्यालय स्थापनाको लागि प्रदान गर्नु भएको छ । संस्थाका उपाध्यक्ष डण्डपाणी काफ्ले द्धारा ५५ जातका जडिवुटी तथा वनस्पतीको पहिचान गराउनु भयो । झिलीमीलीको चाड पर्व तिहारको शुभकामना आदान प्रदान गर्ने कार्यक्रम तथा अन्तरकृया कार्यक्रममा सहभागि सवै महानुभावहरुले संस्थाले गर्नलागेको भान्सामा औषधालय कार्यक्रम तथा पर्यावरण वचाउने सवैको कर्तब्य रहेको तथा विषदी रहित खानाको स्रोत भनेको अर्गानीक पद्धति रहेको ले हामी सवै सचेत हुनुपर्छ भन्ने अभिब्यक्ति ब्यक्त भएका थिए।
केहि विरामी ब्यक्तिहरुको उपस्थिति साथै उहाँहरुको रोगको समाधान संस्थाका उपाध्यक्ष डण्डपाणी काफ्ले र प्रमुख अतिथि प्रोफेशस डा. श्याममणी अधिकारीले जानकारी दिनुभएको थियो । अन्तरकृया कार्यक्रममा सहभागि सवैले सकारात्मक कार्यको थालनी भएको छ , यसलाइ निरन्तरता दिनु तथा स्थास्थ्य स चेतना कार्यक्रम गर्न सकेको खण्डमा अझै प्रभावकारी हुने थियो भन्ने विचार राख्नु भएको थियो ।कार्यक्रम समापन मन्तब्यमा संस्थाका अध्यक्ष दयानिधि अर्यालले सवै सहभागिहरु लाइ धन्यवाद दिदै संस्थाको कार्यालय स्थापनाको लागि सहयोग गर्ने संस्थाका सदस्य हरिराज अर्याल प्रति विशेष धन्यवाद प्रदान गर्नु भयो । सो कार्यक्रम संस्थाका सचिव विष्णु प्रसाद अर्यालले सहजीकरण गर्नु भएको थियो ।

