करिब एक वर्षदेखि अध्यक्षविहीन रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अन्ततः नयाँ अध्यक्ष पाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सन्तोषनारायण श्रेष्ठलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको छ।
धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल २०७९ पुस २० मा समाप्त भएपछि बोर्ड नेतृत्वविहीन रहेको थियो। धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार अध्यक्ष पद खाली भएमा अर्थ मन्त्रालयका प्रतिनिधिले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने व्यवस्था रहेकाले यस अवधिमा अर्थमन्त्रालयले बोर्डलाई नेतृत्व प्रदान गर्दै आएको थियो।
अध्यक्ष छनोट प्रक्रिया
सरकारले नयाँ अध्यक्ष नियुक्तिका लागि २०८० माघ ३ मा राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन
करिब एक वर्षदेखि अध्यक्षविहीन रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अन्ततः नयाँ अध्यक्ष पाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सन्तोषनारायण श्रेष्ठलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गरेको छ।
धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल २०७९ पुस २० मा समाप्त भएपछि बोर्ड नेतृत्वविहीन रहेको थियो। धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार अध्यक्ष पद खाली भएमा अर्थ मन्त्रालयका प्रतिनिधिले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने व्यवस्था रहेकाले यस अवधिमा अर्थमन्त्रालयले बोर्डलाई नेतृत्व प्रद
१९ जनाबाट आवेदन परेका भए पनि अन्तर्वार्ताका लागि मात्र ५ जना सर्टलिस्टमा परे। अन्तरवार्ताका लागि असार पहिलो साता बोलाइएका ५ मध्ये २ जना मात्र उपस्थित भए—सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ। बाँकी तीन आवेदक चिरञ्जीवी चापागाईं, कृष्णबहादुर कार्की र नवराज अधिकारी अनुपस्थित रहे।
तीन जना नाम मन्त्रिपरिषद् सिफारिस गर्न नसक्ने स्थिति आएपछि समितिले असार दोस्रो साता सम्पूर्ण प्रक्रिया रद्द गर्यो। यस निर्णयविरुद्ध सन्तोषनारायण श्रेष्ठले सर्वोच्च अदालतमा रिट दायर गरे। अदालतले पुरानै प्रक्रियाबाट छनोट अघि बढाउन आदेश दिएपछि सरकारले रोकिएको प्रक्रिया पुनः अगाडि बढाएको थियो।
पुनः बोलाइएका तीनमध्ये पनि चिरञ्जीवी चापागाईं उपस्थित भएनन्। अन्ततः मन्त्रिपरिषद्ले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गर्यो।


