दिपक योगी । काठमाडौं
काठमाडौंको नारायणटार लाउडे टोल स्थित The church Of holyspirit चर्चमा उक्त चर्चका सन्चालक जिना थान ज्युले सम्पुर्ण इसाई धर्मालम्बीहरुको साथमा क्रीसमस डे अर्थात प्रभु येशूको जन्मदिन मनाउनु भएको छ । उक्त अवसरमा केक काटेर जन्मदिन स मनाईनुका साथै विभिन्न परिकारको खाना खुवाएर सम्पन्न गर्नुभएको छ ! एसुले बालबालिकालाई धेरै मन पराउनुहुन्थ्यो । तेसैले बालबालिकाको हातबाट केक काटिएको थियो र एसुका बचनहरु सुनाएर सबैलाई प्रभु को योगदान बारे सुनाइएको थियो ।एसु पुस महिनामा जन्मिनुभएको र चिसो महिना अध्यारो रात हुने भएकोले यशू जन्मेको दिन जुन भएपनि समय मिलाएर मनाईने गरेको संचालक जोन थान ज्युले बताउनुभयो।
विभिन्न जातजातिको आआफ्नो चाडपर्व जस्तै एसुको जन्मदिन मनाइन्छ ! यो कुनै चाड नभएको संचालकले बताउनुभयो ! इसाई धर्ममा भिन्नता किन भन्ने प्रश्नमा जोन थानले भन्नुभयो ! हो यस्मा फरक छ यो दुई प्रकारको छ एक तर्फिले आमा र अर्को तर्फीले छोरा मान्ने गरेकोले बताउनुभयो ! फेरि अहिले चाइनाबाट झनै फरक तारिकाको इसाई धर्म मान्ने चलन आयको पनि जानकारी गराउनुभयो ! एसुलाई यसरी किन मारिएको भन्ने प्रश्नमा जोन थानले भन्नुभयो ,त्यो बेलाको ब्यबस्थानै त्यस्तै रहेको र कसैले कसैलाई गलत भनेकै भरमा सार्बजनिक ठाँउमा यातना दिई त्यसरीनै मार्ने चलन रहेको बताउनुभयो ! यशूले आफू मरेर पनि आफ्ना धर्मालम्बहरुलाई विभिन्न पाप र दोषबाट मुक्त दिलाउनलाई आफुले प्राण त्यागेको बताउनुभयो ! यशूले मरेर गएपनी उहाँको आत्मा नमरेको भन्नुभएको छ ! जोन थान ज्युले सबै इसाईले गर्ने काम , खाना ,यात्रा , जस्तोसुकै बिषयमा यशूले पुरा गरिदिने बिश्वास दिलाउनुभएको छ ! जोन थानले सम्पुर्ण इसाईहरुलाई यशूले अनन्त जिबन पाउनका लागी हामीलाई पठाउनुभएको जानकारी गराउनु भयो !

