काठमाडौँ – जनमत पार्टीभित्र ठूलो राजनीतिक हलचल देखिएको छ। वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ जना शीर्ष तहका नेताले अध्यक्ष सीके राउतलाई पद त्याग्न दिएको २४ घण्टे अल्टिमेटमको समय सकिन नपाउँदै उल्टै आफैं पार्टी छाडेर समाप्त गरेका छन्।
राजीनामा दिने नेताहरूमा उपाध्यक्ष खानका साथै केन्द्रीय प्रवक्ता डा. शरत सिंह यादव, जनमत युवा सङ्घका संयोजक सञ्जय कुमार यादव, जनमत स्वास्थ्यकर्मी सङ्घका संयोजक सी.के. सिंह, सुदूरपश्चिम प्रदेश इन्चार्ज राजाराम चौधरी र केन्द्रीय सदस्य विक्रम बहादुर बम रहेका छन्।
यी नेताहरूले बुधबार मात्र राउतलाई अध्यक्ष पदबाट हट्न चेतावनी दिएका थिए। तर, २४ घन्टा पनि नबित्दै उनीहरू स्वयं पार्टीबाट बाहिरिँदा नेतृत्वको आन्तरिक द्वन्द्व खुलेर सतहमा आएको देखिएको छ।
विश्लेषकहरूले यो कदमलाई जनमत पार्टीभित्रको असन्तुष्टि, नेतृत्वप्रति असहयोग र संगठनात्मक दिशाहीनताको प्रत्यक्ष परिणामका रूपमा लिएका छन्।