काठमाडौं : मंगलबार शेयर बजार खुला भएसँगै बढ्ने क्रम शुरु भएको छ ।
कारोबार खुला भएको ५ मिनेटमा नै एक लाख कित्ता शेयर किनबेच भएका छन् ।
शेयर कारोबार मापक नेप्से परिसूचक पनि २८ अंक भन्दा धेरैले बढेको छ ।
५ मिनेटमा एक लाख कित्ता भन्दा धेरै कारोबार हुँदा कारोबार रकम १७ करोड १५ लाख रुपैयाँ पुगेको छ ।
पछिल्लो समय शेयर बजार लगातार ओरालो लाग्दा कारोबार संख्या र कारोबार रकम पनि कम हुने गरेको छ ।
मंगलबार भने ५६ दशमलव ७३ अंकले नेप्से परिसूचक बढेको थियो । कारोबार रकम भने २ अर्ब ३८ करोड रुपैयाँको मात्रै भएको थियो ।

