सिजुवा, कार्तिक १२ गते ।
रतुवामाई नगरपालिकाबाट विराटनगरमा आई वसोवास गर्नुहुने व्यक्तिहरु सदस्य रहेको रतुवामाई समाज विराटनगर तथा नगरपालीकाको संयुक्त शूभकामना आदानप्रदान कार्यक्रम सिजुवास्थित विश्वनाथ मन्दिरको सभाहलमा सम्पन्न भएको छ ।शूभ दिपावली एवं छठ पर्व २०८१ तथा नेपाल सम्वत् ११४५ को पावन अवसरमा रतुवामाई समाज विराटनगर र नगरपालीकाले आयोजना गरेको उक्त कार्यक्रमकोसभापतित्व रतुवामाई समाजका अध्यक्ष विष्णुराज लामिछानेले गर्नुभएको थियो । नगर प्रमुख नागेश्वर प्रसाद सिंहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख दमयन्ता देवी चुडाल संस्थाका संस्थापक अध्यक्ष तथा वरिष्ठ सल्लाहकार रमानाथ भट्टराई ,निवर्तमान नगर प्रमुख रविन राई विशिष्ट अतिथिको रुपमा रहनुभएको थियो ।
कार्यक्रममा रतुवामाई समाज विराटनगरले प्रकाशन गर्न लागेको स्मारिकाको वारेमा समेत छलफल गरियो । स्मारिका सम्पादन तथा प्रकाशन समितिका संयोजक तथा कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक तोमनाथ उप्रेतीले स्मारिका प्रकाशनका लागि अहिलेसम्म भएका प्रयासहरुको वारेमा सविस्तार चर्चा गर्नुभयो । उप्रेतीले स्मारिका प्रकाशनका लागि रतुवामाईसँग जोडिएका भूगोल, इतिहास, संस्कृति, भाषा, रहनसहन, नदी नाला, ताल तलैया, मठमन्दिर,चाडपर्व, शिक्षा, विकास र समृद्धि लगायतका १०८ विषय क्षेत्रहरु पहिचान गरी विषय सूचि तयार गरिसकेको जानकारी दिनु भयो । स्मारिका प्रकाशनकै सलिसिलामा असोज ९ गते रतुवामाई समाजको टोलीले सरस्वती माध्यमिक विधालय इटहरामा विधालयमा वित्त सुशासन विषयक अन्र्तकृया गोष्ठिका साथै स्मारिका प्रकाशनका लागि सुझाव सल्लाह तथा लेखहरु उपलव्ध गराउन अनुरोध गरेको , कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङमा अन्तरकृया गरेका विषयमा जानकारी गराउनु भयो । रतुवामाईका भौतिक पुर्र्र्वाधारहरुको अवस्थाको वारेमा समाजले स्थलगतरुपमै अध्ययन गरेको वारेमा उप्रेतीले जानकारी गराउनु भयो ।
शूभकामना मन्तव्यका क्रममा नगर प्रमुख नागेश्वर प्रसाद सिंहले सम्पुर्ण चाडपर्वहरुको शुभकमना दिदै रतुवामाई वासीहरुको सुख स्वास्थ्य र दिर्घायुको कामना व्यक्त गर्नुभयो । सिंहले स्मारिका प्रकाशनका लागि आफुले आर्थिक, भौतिक र नैतिक रुपमै सम्पुर्ण सहयोग गर्ने वचनवद्धता प्रकट गर्नु भयो ।समाजले स्मारिका पकाशन गर्नलागेको सुन्दा आफुलाई समेत गर्व लागेको जानकारी गराउनु भयो । स्मारिका भविष्यका लागि एउटा सिकाइ हुने र समाजमा सकारात्मक सन्देश दिनेगरी लेख्न वाहाँले जोड दिनुभयो । शूभकामना मन्तव्यकै क्रममा रतुवामाईको विकास र समृद्धिसँग आफु जोडिएको र वाहाँले आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका विकास निर्माणका वारेमा संक्षिप्तमा जानकारी गराउनु भयो ।
शुभकामना मन्तव्यकै क्रममा समाजका संस्थापक अध्यक्ष श्री रमानाथ भट्टराईले स्मारिका प्रकाशनमा सवैको साथ सहयोगको अपेक्षा रहेको र स्मारिकाले रतुवामाईका भावी सन्ततीहरुलाई समेत रतुवामाईवारे बुझ्न महत्वपुर्ण भुमिका प्रदान गर्ने वताउनु भयो । सिजुवाली समाजको नाममा २०५७ सालमा स्थापना भएको यो समाजले विभिन्न सामाजिक कार्यहरु गर्दे आएको वाहाँले बताउनु भयो । रतुवामाईको शैक्षिक उन्नयनमा विशिष्ट भुमिका खेलेका भट्टराई झन्डै दुई दशक सम्म सौंठा मावि र झन्डै एक दशक आदर्श मा. वि. विराटनगरको प्रधानाध्यापक हुनुहुन्थ्यो।
कार्यक्रममा नगर उपप्रमुख दमयन्ता देवी चुडाल , निवर्तमान नगर प्रमुख रविन राईले शुभकामना मन्तव्य दिदै स्मारिका प्रकाशन हुनु अत्यन्तै गौरवको बिषय रहेको र यसमा आफुहरुको पुर्ण साथ सहयोग रहने विचार व्यक्त गर्नु भयो ।
स्मारिका प्रकाशनका लागि समाजले साविक गाविसहरुको सुचना तथा जानकारी प्राप्ती गर्न तथा सहजीकरण गर्नका लागि भिडिसी संयोजकहरु समेत तोकेको छ । जसमा इटहरा महेन्द्र रेग्मी, सिजुवा भरत कार्की, गोविन्दपुर मेघराज कोइराला, वरडंगा विन्देश्वर मण्डल, झुर्किया पुर्णलाल ताजपुरिया, महादेवा लक्ष्मी सिंह रहेका छन् ।
कार्यक्रममा स्मारिका सम्पादन समितिका संयोजक चन्द्र कट्टेल, निमित्त प्रमुख प्रशासकीय अधिकृत कुल प्रसाद ताजपुरिया, शिक्षा अधिकृतसुरेश निरौला, समाजसेवी डिबी कार्की, रतुवामाई नगरपालीकाका वडाध्यक्षहरु, भिडिसी संयोजकहरुले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अन्त्यमा समाजका अध्यक्ष विष्ण्ुराज लामिछानेले कार्यक्रममा गुणात्मक उपस्थिति रहेको र यो उपस्थिति र आजको सन्देशले रतुवामाईको सपना देख्न सबैलाई प्रेरित गरोस भनी नजिकै आउन लागेका सवै चाडपर्वहरुको शूभकामना व्यक्त गर्नु भयो । सवैमा सकारात्मक सन्देश र भाव प्रदान गरोस् ।स्मारिका प्रकाशनका लागि लेख रचना लेखि सहयोग पुरयाउन भनी कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद् व्यक्त गर्नु भयो ।
कार्यक्रमको सञ्चालन समाजको कार्य समिति सदस्य अभिमन्यु खरेलले गरेका थिए ।
