हिन्दू नेपालीहरूको दोस्रो ठूलो पर्व एमपञ्चको दोस्रो दिन आज कुकुरतिहार कुकुरहरूलाई टीका लगाए टीका तथा माला लगाइदिएर मिठा मिठा खानेकुरा खान दिएर पूजा गरेर कुकुरतिहार मनाइन्छ प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ यस दिनको कुकुरलाई विशेष प्रकारको खानेकुरा खान दिने चलन छ कुकुर आज्ञाकारी घर रक्षक एवं गुनिलो घरपालुवा जनावर पनि हो। कुकुरलाई भैरवको बाहन पनि भनिन्छ। कुकुर इमान्दार र बफादार जनावर पनि हो घरको रेखदेख गर्ने काम पनि कुकुरले नै गर्दछ कुकुरलाई वर्षको एकपटक इमान्दार पहरेद्वारमा जन्तुको रुपमा पूजा गर्ने चलन छ। कुकुर इमान्दार र वफादार जनावर मात्र होइन यसले सुंगेर अपराधीहरू पत्ता लगाउने पनि सघाउँछ नेपालमा भएको केही ठूला ठूला अपराधी घटनामा कुकुरको सहायता प्रहरीले अपराधीसम्म पुगेको दृष्टान्त छन्। कहिलेकाहीँ अनुसन्धानको पोक्त अधिकारी र प्राविधिक हार खाएका कतिपय जटिल अपराधका गाँठा कुकुरले नै सहायताले फुकाएको छ।
त्यसैगरी तारकेश्वर १ का सञ्चारकर्मी तथा समाजसेवी राजन थापाले पनि १८ वर्षको कुकुरर चार महिनाको दुईटा कुकुरलाई पूजा गरेर आफूले पनि कुकुर तिहार मनाएका छ्न ।

