साइबर अपराधमा अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भारतीय ‘आपराधिक समूह’ लरेन्सबिस्नोईका नाममा सहयोगीमार्फत बैंकर र व्यवसायीलाई धम्की दिने गरेको खुलेको छ । उद्योगी/व्यवसायी, बैंकरलगायतलाईफोनमार्फत ज्यान मार्ने धम्की दिएको आरोपमा पक्राउ परेका व्यक्तिले नै प्रसाईंको निर्देशनमा उक्त काम गरेको प्रहरी बयानमाखुलाएका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आपराधिक गतिविधि गरेको आरोपमा बुधबार झापा, चारआलीका नवीन प्रधान भनिने३६ वर्षीय हरिचन्द्र फुयाललाई पक्राउ गरेको थियो । उनलाई सीआईबीले चारआलीबाटै पक्राउ गरी काठमाडौं ल्याएको छ । प्रारम्भिकसोधपुछका क्रममा फुयालले प्रसाईंको निर्देशनमा ‘लरेन्स बिस्नोई समूहको सदस्य हुँ’ भन्दै बैंकर र व्यवसायीलाई फोनमार्फत धम्कीदिएको
स्वीकार गरेका हुन् ।
सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले फुयालमाथि अनुसन्धान भइरहेको बताए । पानीट्यांकीमा उनको डेरी पसल रहेकोपाइएको छ । एसपी बोगटीका अनुसार व्यापारी र बैंकरलाई धम्कीपूर्ण फोन भारत र यूएईका नम्बरबाट आउने गरेको थियो । ‘त्यसरीआएका फोनकलमार्फत अपरिचित व्यक्तिले सहयोग माग्ने र नदिए ज्यान मार्नेसम्मको धम्की दिने गरेको भेटियो।
प्रसाईं र फुयालको बिस्नोई समूहसँग सम्बन्ध रहेको प्रमाण भने फेला परिनसकेको एसपी बोगटीले बताए । ‘बिस्नोई समूहका नाममाधम्की दिएर व्यापारी र बैंकरलाई तर्साउने रणनीति लिएको हुन सक्छ,’ उनले भने, ‘आपराधिक गतिविधिमा लागेको देखिएकाले कतैत्यस्तो सम्बन्ध बनाएको पनि हुन सक्छ, यस विषयमा अनुसन्धान जारी छ ।
धम्की कलका लागि ‘सुपारी’ बापत फुयाललाई प्रसाईंले पाँच लाख रुपैयाँ दिएको पनि प्रहरी अनुसन्धानबाट पत्ता लगाइएको छ ।प्रहरीका अनुसार उक्त तथ्य फुयालको मोबाइलमा भेटिएको भौचरबाट खुलेको हो । भनिएको कतिपय रकम प्रसाईंले दिइनसकेकोफुयालले दाबी गरेका छन् ।
फुयालको साथबाट बरामद भिभो र रेडमी कम्पनीका मोबाइल अनुसन्धानका लागि सीआईबीले विधिविज्ञान प्रशोगशाला पठाएको ।

