राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति डीपी अर्याल बनेका छन्।
सोमबार जुममार्फत बसेको सचिवालय बैठकले उनलाई कार्यवाहक सभापति बनाइएको कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
आइतबार सरकारी वकिल कार्यालय कास्कीले रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता गरेपछि रास्वपाले अर्याललाई कार्यबाहक सभापति तोकेको हो ।
पोखराको सूर्यदर्शन सहकारी ठगीको अनुसन्धानमा रहेका रवि लगायत ६३ जनामाथि सरकारी वकिलको कार्यालयले आइतबार मुद्दा दायर गरेको हो ।

