काठमाडौं । नेकपा एमालेले पार्टीको हित बिपरित काम गरेको भन्दैं आफ्ना केहि नेताहरुलाई कारबाही गरेको छ । बुधबार बसेको सचिवालय बैठकले पार्टीको पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ ।रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको एमाले किष्कर्ष छ ।
त्यस्तै,स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई पनि ६ महिनासम्म जिम्मेवारीबाट हटाउने एमालेले निर्णय गरेको छ ।रावलले पछिल्लोपटक केन्द्रीय कार्यालय भवन व्यापारी मीनबहादुर गुरूङबाट लिने निर्णयप्रति विरोध जनाएका थिए । यसपछि गत ४ कात्तिकमा एमालेले रावलसहित स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई ‘स्पष्टीकरण सोधेको थियो पाण्डे र तिमल्सेनाले स्पष्टीकरण दिएपनि रावलले कुनै पनि प्रतिकृया दिएका थिएनन् ।

