चालु आर्थिक वर्षको कात्तिक महिनाको तुलनामा मसिंर महिनामा श्रम स्वीकृति लिनेको सख्यामा वृद्धि भएको छ ।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरण अनुसार मसिंर महिनामा करिव ८५ हजार व्यक्तिले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । अघिल्लो कात्तिक महिनामा करिव ७१ हजारले श्रम स्वीकृति लिएका थिए । दुई महिनाको तुलना गर्दा मसिंर महिनामा करिव १५ हजार बढिले श्रम स्वीकृति लिएका हुन् ।
विभागको तथ्यांक अनुसार व्यक्तिगत श्रम स्वकृति लिनेको सख्यामा पनि वृद्धि भएको छ । ४२ हजार हराहारीले व्यक्तिगत रुपमा श्रम स्वीकृति लिएका छन् । त्यस्तै २९ हजारले एजेन्सीको मार्फत स्वीकृति लिएका छन् ।
युएइको लागी श्रम स्वीकृति लिने सबै भन्दा धेरै देखिएका छन् । २५ हजार श्रमिकले दुबइको लागि स्वकृति लिएका छन् ।

